देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सङ्घीयताको सफल कार्यान्वयन गर्न प्रदेश प्रहरीका सम्बन्धमा सबै गम्भीर हुन जरुरी छ- कानुन मन्त्री लामिछाने

देशान्तर

काठमाडौँ ।  बागमती प्रदेश प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवनको बुधवार उद्घाटन गरिएको छ । भवन उद्घाटन समारोहमा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले नयाँ प्रशासनिक भवन बनेपछि नेपाल प्रहरीले नागरिकलाई प्रदान गर्ने सेवामा सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।  कार्यक्रममा बोल्दै उनले सङ्घीय प्रहरी ऐन आई नसकेकाले  प्रदेश प्रहरी सम्बन्धमा केही दुबिधा  भएको बताउँदै सङ्घीयताको सफल कार्यान्वयन गर्न प्रदेश प्रहरीका सम्बन्धमा सबै गम्भीर हुन जरुरी रहेको भनाई राखे   । 

आफ्नो मन्त्रालयले प्रहरी सङ्गठनबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त बनाउन नजिक रहेर विभिन्न कार्य गर्दै आएको र भौतिक संरचनाको  निर्माण र सुधार त्यसै भित्र परेको बताए ।  विपद्का बेला गर्नु पर्ने तयारी उद्धार र राहतका लागि पनि मन्त्रालयले प्रहरी सँग निरन्तर समन्वय गरेको बताउँदै मन्त्री लामिछानेले प्रहरीको विभिन्न तहको  भौतिक पूर्वाधारका लागि आर्थिक वर्ष २०७५ देखी हाल सम्म ३ अर्ब ४७ करोड २२ लाख ६४ हजार निकासा गरिसकेको पनि जानकारी दिए । 

उनले चालु योजनाहरू निर्धारित समय भित्र सम्पन्न गराउन आफू र आफ्नो मन्त्रालय लागि परेको बताए । त्यस अवसरमा उनले  हाल सम्म ७१ प्रहरी इकाईमा लगानी भएको र त्यस मध्य ६५ वटाको निर्माण सम्पन्न भैसकेको र ६१ वटा बाट सेवा समेत सुचारु भएको  जानकारी दिए । उनले अघिल्ला वर्ष सञ्चालन भएका कार्यक्रम लाई यस वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री मन्त्रीहरू सुरक्षा निकायका प्रमुख , बागमती प्रदेशका सङ्घीय सांसद लगायतको उपस्थिति रहेको थियो ।