काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनयुद्ध, विद्रोहजस्ता द्वन्द्व नदोहोरिने सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलमा उनले विद्रोही वा सरकार पक्षभन्दा बाहिरका पनि बढी पीडित भएको बताए ।
कुनै अपराध नगरेको मानिस पनि मारिएको उनको भनाइ छ । भ्रष्टाचार र हिंसा ढिलो चाँडो दण्डित हुनुपर्छ भन्ने सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ । उनले पीडितहरूको पक्षमा आवाज उठाइरहने बताए । राजाले राजगद्दी छाडेकाले शान्ति प्रक्रिया निष्कर्षमा पुगेको भन्दै उनले पूर्वराजालाई दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने भनाई राखे । लिङ्देनले हिंसात्मक द्वन्द्व हारजितमा नभई सम्झौताबाट टुंगिएको बताए । आफूले बहुमत पाउनेबित्तिकै सबै बिर्सिएर अगाडि बढ्दा दुर्घटना हुने लिङ्देनले बताए ।
प्रतिक्रिया