देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भागबण्डाका आधारमा आयोगमा पदाधिकारी चयन गरे पिडितले न्याय पाउन सक्दैनन -लामिछाने

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संक्रमणकालीन न्यायसँग सम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभामा संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै लामिछानले न्याय दिने संरचनालाई बलियो बनाउदै पिडितलाई न्याय दिन सक्नुपर्नेमा जोड दिए ।

राजनीतिक भागबण्डाका आधारमा आयोगमा पदाधिकारी चयन गरे पिडितले न्याय पाउन नसक्ने उनले बताए । उनले राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्याय सुनिश्चित गर्न नसकिने बताए । आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्नेमा जोड दिए । आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गराउन सके राम्रो हुने धारणा राखे ।