काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) कवि फुँयाल पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको श्रावण १४ गते बसेको बैठकको निर्णयानुसार फुँयाललाई सीईओमा आगामी चार वर्षका लागि नियुक्त गरिएको हो ।
कम्पनीले निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्रदान गरेको थियो । यसभन्दा पहिला २०७७ साल भदौ ७ गते उक्त कम्पनीको सीईओ नियुक्त भएका थिए । वीमा क्षेत्रमा लामो अनुभव संगालेका फुयाँलले चार बर्षयता आईएमई लाइफलाई नेतृत्व दिँदै आएका छन् । उनकै कार्यकालमा कम्पनीले आइपीओ जारी गर्दै एक अर्व ४० करोड रुपैयाँ रहेको पूँजी बृद्धि गरी हाल पाँच अर्ब पुगेको छ । यस्तै कम्पनीले ब्यापार र वित्तिय सूचकमा पनि ठूलो फडको मारेको छ ।
प्रतिक्रिया