काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा कमिटीको आकार सानो बनाउनुपर्ने प्रस्ताव आएको छ । सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरूले कमिटीको आकार घटाउनुपर्ने सुझाव राखेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । यसैबीच नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पार्टीमा सबै मिलेर जाने प्रतिकृया दिएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि नेतृत्व हस्तान्तरणबारे लिखित प्रश्न आएको सञ्चारकर्मीको प्रश्नमा उनले सबै मिलेर जाने यस्मा टेन्सन नभएको बताएका हुन् । स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए ।
प्रतिक्रिया