काठमाडौं । क्यान्सर पीडित गीतकार टीका चामलिङलाई उपचार सहयोगका लागि चार लाख पैतिस हजार ७३९ रुपैया हस्तान्तरण गरिएको छ । हङकङमा रहेका गीतकार संघ नेपालका आजीवन सदस्य बज्रकुमार थुलुङ राईको संयोजनमा हङकङमा संकलन भएको सहयोग रकम चार लाख र गीतकार संघ नेपालमा संकलन भएको ३५ हजार ७ सय ३९ रुपैयाँ गरि जम्मा चार लाख ३५ हजार ७ सय उनान्चालिस रुपैयाँ हस्तान्तरण गरिएको हो ।
गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ , महासचिव टीका राई ‘शिव’, कोषाध्यक्ष चेतन खतिवडा, र डा.भक्त राईले गीतकार चामलिङको निवास भक्तपुरमा पुगेर हस्तान्तरण गरेका हुन् ।
तीनदशकदेखि कविता, गीत लेखनमा सक्रिय गीतकार चामलिङ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुन् । उनि विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित भएर उपचार गराइरहेका छन् । उपचारको क्रममा उनको आर्थिक अवस्था कमजोर भएपछि गीतकार संघ नेपालले सहयोगका लागि अपिल गरेको थियो । संघको अपिल पछि देशविदेशमा रहेका सहयोगी दाताबाट रकम संकलन भएको थियो । यसअघि गीतकार संघ नेपालले २५ हजार रुपैयाँ संस्थागत रुपमा सहयोग गरेको थियो ।
प्रतिक्रिया