देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुण र दोषको आधारमा सरकारको मूल्यांकन हुन्छ — केसी

देशान्तर


नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीसँग समसामायिक राजनीति, विदेश र मुलुकमा भएका जल्दाबल्दा समस्याका विषयमा देशान्तरका . कुमार भट्टराईले लिएको अन्तर्वार्ताको सारसंक्षेपः

मुलुकको अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्नु हुन्छ ?
मुलुकको राजनीतिक अवस्था अति निराशाजनकहुँदा, असन्तुष्टि बढदै गएको छ । अन्ततःमुलुकअसंगठित विद्रोहतिर उन्मुख हुँदै छ । अहिलेसम्म त यो संगठित छैन, यसलाई समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता छ । निराशालाई आशामा बदल्नु पर्छ । अविश्वासलाई विश्वास र भरोसामा बदल्ने राष्ट्रिय नीतिको आवश्यकता छ । राष्ट्रिय नीति निर्माणको प्रक्रियामा देशका अहिलेका सबैभन्दा ठूला दुईटा पार्टीहरू जसले आफ्नै इतिहासबोकेर ल्याएका छन् । तिनीहरूले विभिन्न राजनीतिक,सांस्कृतिक, दार्शनिक पृष्ठभूमि, अलगअलग र एउटा प्रतिद्वन्द्वीको रूपमा रहँदै आएका छन् । अहिलेको राष्ट्रिय परिस्थिति र परिवेशमा यी दुईटा ठूला दलहरूले समसामयिक रूपबाट देखिएका विकृतिहरूलाई निराकरण गर्नु पर्दछ ।देशको आर्थिक अनुशासन कायमसँगैसुधारको गति अगाडि बढाउनु आवश्यक छ । जनताका समसामयिक आवश्यकताअनुसार संविधान संशोधन गर्ने लगायतका जुन एजेन्डाहरू लिएर सरकार निर्माण भएको छ त्यसले सर्वसाधारणमा पनि केही आशा पलाएको छ । यो सरकारलाई हामीले एउटा ठूलो अवसरको रूपमा लिएका छौं । यो सरकारको चुनौती पनि त्यत्तिकै छ । देशका सबैभन्दा दुई ठूला पार्टीहरूको सरकार बन्दा पनिद्वन्द्वविहीनता, विधिहीनता, भ्रष्टाचार र बेथिति साथै जनतामा निराशा आयो भने अबको विकल्प के त भन्ने प्रश्न पनि उठ्छ ।यसले सिङ्गै यो पद्धतिकै विकल्प खोज्नुपर्नेमाआमनागरिकलाई उत्प्रेरित गर्ने अवस्था बन्न सक्छ । त्यसैले हामीले मुलुकको वास्तविक अवस्था र छरछिमेकमा देखिएका घटनाहरूलाई अध्ययन गरेर कदम चाल्नुपर्ने अवस्थाछ । अत्यन्त गम्भीर भएर सबैलाई सम्बोधन गर्नुपर्ने र राष्ट्रिय रूपबाट देखिएका चुनौतीहरूलाई सामना गरेर दृढताको साथ अगाडि बढ्नु पर्ने आवश्यकता छ । त्यो आवश्यकताको निम्ति सरकार गठन भएको एक महिना पुगेको छैन । अहिले नै सरकारको कामको मूल्यांकन गर्ने समय आइसकेको छैन ।

यो सरकार सातबँुदे सहमतिबाट गठन भएको हो । यो सहमति अक्षरशः कार्यान्वयन हुन्छ भन्नेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ?
यो सरकारले अब विश्वस्त हुनेभन्दा पनि व्यवहारमा रूपान्तरण गर्नुपर्छ । केही दिनपछि त जनताको प्रतीक्षाको घडी समाप्त हुन्छ र फेरि विरोधका आवाजहरूप्रस्फुटन हुन थाल्नेछन् । त्यसकारण अहिले सरकार गठन भयो भनेर मात्र हुँदैन । मैले तीन, चार महिनाअघिदेखि नै विभिन्न पत्रपत्रिका, मेरा लेखहरूमा र अन्तरवार्ताहरूमा पनि के भनेको थिए भने एउटा निश्चित मिसनको निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । यो मिसनमा हामी जुन जटिल अवस्था छौं र देशकोे भौगोलिक अवस्था र अन्तर्राष्ट्रिय परिवेश छ त्यसमा पहिलो काम परराष्ट्र नीतिमा राष्ट्रिय सहमति सिर्जना गरौं भन्ने नै हो । भ्रष्टाचारका विरोधमा देशव्यापी आन्दोलनमा सहमति गरौं र जुनसुकै पक्षका, जोसुकै भए पनि भ्रष्टाचारीहरूलाई कारबाही गर्छौं भन्ने दृढता कायम गरौं । आर्थिक सुधारलाई स्पष्ट रूपबाट कडाइका साथ योजनाबद्ध रूपले अगाडि बढाउनु पर्दछ । अहिलेको समसामयिक आवश्यकता संविधान संशोधन पनि हो । धेरै पक्षहरूको अध्ययन र विश्लेषण गरेर सबैको सहमतिबाट संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ । यस्ता चार, पाँचवटा कुराहरूमा सहमतिपूर्ण ढंगले अगाडि बढ्नका लागि एजेन्डासहित राष्ट्रिय सरकार निर्माण भएको हो ।यो सरकारले अहिलेको निराशालाई आशामा बदल्ने, अविश्वासलाई विश्वासमा बदल्ने परिस्थिति निर्माण गर्नुपर्दछ भनेर मैले पहिल्यैदेखि आफ्ना विचारहरूराख्दै आएको थिएँ । अहिले पनि म के भन्छु भनेहाम्रो दुईतिहाइको सरकार छ भन्ने अहंकार र द्वन्द्वबाट होइन जनताको मनोभावना रउनीहरूको पदचापलाई ग्रहण गरेर सरकार अगाडि बढ्नुपर्छ ।यदि त्यसो गर्न सकिएन भने त्यसले निकट भविष्यमै अनिष्ट निर्माण गर्छ । त्यो बाटोबाट नेपाललाई जोगाएर सहीमार्गमा उन्मुख गराउने काम यो सरकारको हो ।
अहिले बैठक पनि चल्दैछ, पार्टीभित्र आन्तरिक र गठबन्धनसम्बन्धी विषयमा के कस्तो छलफल भइरहेको छ ?
सातबँुदे सहमतिको आधारमा सरकारले तत्कालनै साझा न्यूनतम कार्यक्रम बनाउनुपर्छ भन्ने हो । त्यो साझा न्यूनतम कार्यक्रममा सरकारका सबै घटकहरू इमान्दारपूर्वक प्रयत्नशील हुनुपर्दछ । हाम्राआ—आफ्ना विचार, दृष्टिकोण र दर्शन छन्,त्यो त रहन्छ नै । तर हामी अहिले सरकारमा सँगसँगै रहेको समयमा देशको हितका लागि साझा काम गर्ने हो । भोलि प्रतिस्पर्धीको रूपमा चुनावमा जाँदा नेपाली कांग्रेसले आफ्ना विचारजनता बीचमा राख्ने हो । असहमति राख्नेहरूलाई प्रतिस्पर्धी मात्र मान्ने लोकतान्त्रिक विचार नेपाली कांग्रेसको सधैं रहन्छ ।प्रतिस्पर्धी राजनीतिक दलहरूलाई कांग्रेसले दुश्मन भनेर कहिल्यै पनि लिँदैन ।

नेपाली कांग्रेसले सदाचारिता देखाएपनि गठबन्धन छभनेपछि भित्र केही न केही त कलहहरू जाग्न सक्छन् नि?
सरकारमा गएका हाम्रा साथीहरूले नेपाली कांग्रेसको पहिचानलाईसरकारबाट नै स्थापित गर्ने हो । सरकारका सबै पक्षहरूलाई सन्तुलन गर्ने काममा सरकारमा गएका हाम्रा साथीहरूले अत्यन्त गम्भीरताका साथ आआफ्ना भूमिका निर्वाह गरेर देखाउनु पर्छ । यो लोकतन्त्रको प्रक्रिया हो । सबैले एउटै कुरामा सहमत गर्छन् भन्ने हुँदैन । वैचारिक विभेदहरू हुन्छन् ।लोकतान्त्रिक पद्धतिबाट नै सहमति पनि हुन्छ ।

मुलुकमा देखिएको भ्रष्टाचार, कुशासन लुकाउन र संस्थागत गर्न यो गठबन्धन भएको हो भन्ने आरोप छ नि?
आरोप प्रतिपक्षले लगाउँछन् नै । तर, त्यो सत्य होइन भनेर चिर्न सक्नुपर्दछ । मैले बारम्बार भन्ने गरेको छु, अहिलेसम्म भएका चर्चित भ्रष्टाचारका काण्डहरू, संसद्मा उठेका विभिन्न काण्डहरू र अहिलेसम्म भएका नीतिगत भ्रष्टाचार काण्डहरूको छानबिन हुनु पर्दछ ।मैले केन्द्रीय कार्यसमितिको बैठकमा पनि यो कुरा धेरै पटक उठाइसकेको छु ।संसद्मा पनि पुनः उठाउने छु
। यो सरकारले अहिले उठेकार चर्चामा रहेका भ्रष्टाचारका काण्डहरूको छानबिन गरीनतिजा निकाल्न सक्नु पर्दछ । त्यसबाट जनताका चाहनाको सम्बोधन हुनेछ । आउँदा दिनमा भ्रष्टाचार छानबिनमा यो सरकारले राम्रोसँग काम गरेर देखाएपछि त्यस्ता निराधार आरोपहरू चिरिँदै जान्छन् । गठबन्धन हुनुमा विभिन्न कारणहरू हुन्छन् । यी कुरा सरकारकाकाम र आगामी दिनमा जनतामा पर्ने प्रभावबाट आफंै देखिँदै जानेछन् ।

टीआरसी विधेयकले पीडितलाई न्याय दिलाउँछ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

तीनदलीय सहमति भइसकेको हुनाले म यसमा भिन्न धारणा प्रस्तुत गर्न चाहन्नँ । यो ऐतिहासिक उपलब्धिको रूपमा विश्वको सामु पनि शान्ति प्रक्रियालाई नेपालले जुन ढंगले टुंग्याउने काम गर्दैछ यो अभ्यास विश्वलाई नजिरका रूपमा देखाउन सक्नेछ । यसै कारण पनिम यसलाई सकारात्मक लिन्छु । यसको व्यावहारिक रूपान्तरणलेपीडित मैत्रीर पीडितहरूको भावनालाई प्रतिविम्बित गर्नेछ भन्ने मलाई बिश्वास छ । न्यायको प्रत्याभूति दिने खालको व्यावहारिक व्यवस्थाको हामीले नै निश्चिततागर्न सक्नु पर्दछ ।
राष्ट्रिय अभियानकै रूपमा पूर्ण मेलमिलापको समाज निर्माण गर्न सक्नुपर्छ र सत्यको अन्वेषण हुनु पर्दछ । पीडितहरूले न्याय पाउने रपीडकहरूले उन्मुक्ति नपाउने भन्ने एउटा पक्ष हो भने अर्को पक्ष समाजमा मेलमिलाप र सद्भाव कायम गर्न सकियोस् भन्ने हो । आगामी दिनमा शान्ति कायम होस् र समाजमा मित्रतापूर्ण व्यवहार कायम होस् भन्ने बुझेर काम गर्नु पर्दछ । यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न हामी सबै प्रतिबद्ध भएर लाग्नु पर्दछ ।

विधेयक कार्यान्वयन भएपछि समाजमा मेलमिलाप र शान्ति कायम रहन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

आम नागरिकमा मेलमिलापको भावना सिर्जना नगर्ने, शान्ति कायम नहुने र पीडितहरूमाथि अन्याय नै हुने हो भने अहिलेको आम असन्तुष्टिमा अर्को ‘फ्युल टु द फायर’ भने झै हुन सक्छ ।

विगतका राजनीतिक अभ्यास हेर्ने हो भने धोकाधडीकै राजनीति देखिएको छ, तपाईंलाई लाग्छ सहमतिअनुसार यो गठबन्धन २०८४ सम्म नै जान्छ ?
सम्झौता भएपछि विश्वास गर्नुपर्दछ । मेरो आफ्नो व्यक्तिगत जीवन चरित्र पनि त्यस्तै छ, त्यसैलेम सम्झौता भएपछि इमान्दार हुनुपर्दछ भन्नेमा पक्षमा छु । घटनाक्रमले कतातिर लान्छ त्यो हामी आगामी दिनमा हेर्दै जाउँला । यो सहजै जान्छ र जानुपर्छ भन्ने मलाई लाग्छ ।

विश्वव्यापी रूपमा पनि अलिक फरक हिसाबले मुभमेन्टहरू भइरहेको देखिन्छ ।हालसालै बंगलादेशमा जे देखियो त्यो कुराको प्रभाव नेपालमा पनि पर्न सक्छ ?
हेर्नुस्, यो अत्यन्तै गम्भीर प्रश्न छ । बंगलादेश सार्कमा नै आर्थिक वृद्धिदर, कुल गार्हस्थ्य उत्पादनमा अगाडि भएको आर्थिक उन्नतिमा गति दिएको देश हो । तैपनि त्यहाँ जुन खालको विद्रोह देखियो त्यसमा शासन सत्तामा रहनेहरूको दम्भ, अहंकार रहाम्रो संसद्मा दुईतिहाइ छ अथवा हाम्रो संसद्मा बहुमत छ भन्ने घमण्ड हाबी भएको देखिन्छ । हामीले जे ग¥यो त्यही नै ठीक हुन्छ भन्ने मानसिकता लियो भने त्यस्ता घटनाक्रमले संसारभरि नै विद्रोह हुन्छ । बंगलादेशमा पनि शेख हसिनाको दुईतिहाइ थियो । अहिले नेपालमा हाम्रो पार्टीको सहयोग लिएर आएको प्रधानमन्त्री हुनुहुन्छ । उहाँ चतुर पनि हुनुहुन्छ । बौद्धिक पनि हुनुहुन्छ । तर्क र आफ्नो विचारलाई समाजमा अभिव्यक्ति दिने क्षमता पनि राख्नुहुन्छ । उहाँले मात्र होइन, सबै पार्टीले बुझ्नुपर्ने कुरा के हो भने देशमा अहिले पनि जनता निराश छन् । असन्तुष्ट छन् । नचाहिँदो कुरामा बलजफ्ती गरेर हामी सत्तामा छौ भन्न थालियो भने जहाँ जुनबेलापनि त्यो असन्तुष्टिहरू विद्रोहको रूपमा परिणत हुन सक्छ । त्यसैले त्यो असन्तुष्टिमाथि सरकार गम्भीर हुनुपर्ने आवश्यकता छ । हुन त बंगलादेश जस्तो स्थिति हामीकहाँ छैन । किनभने बंगलादेशमा एउटा पार्टी र अर्को पार्टीको नेता र नेतृत्वको बीच बोलचालसम्म पनि नहुने, एकले अर्कोलाई प्रतिशोधमा लिने, थुन्ने, बेइज्जत गर्ने, दमन गर्ने जुन प्रक्रिया छ त्यो हाम्रोमा छैन । नेपालमा हरेक पार्टीका बीचमा जतिसुकै द्वन्द्व भएपनि सँगै बसेर सल्लाह गरेर यसो गरौंभन्ने सामाजिक सम्बन्धहरू कायम छ । हाम्रा सामाजिक संस्था र आम नागरिकमालोकतान्त्रिक चेतना पनि काफीरूपबाट वृद्धि भइरहेको छ । यस्तो स्थितिमा लोकतान्त्रिक चेतना वृद्धि भएको हुनाले झन् बढी सतर्क हुनुपर्ने आवश्यकता छ । जनताका भावना र उनीहरूका पदचापलाई सुन्न सकेनौं भने त्यसले अनिष्ट निम्त्याउँछ र अहिले सबैभन्दा ठूलो कुरा भ्रष्टाचार नै हो । आम जनमानसमा भ्रष्टाचार भए पनि नभए पनि यस्तो भाष्य पु¥याइएको छ । हरेक राजनीतिक दलको नेतृत्व गर्ने नेता अथवा एकचोटि मन्त्री भएका मान्छेहरू सबै भ्रष्ट हुन् भन्ने भाष्य स्थापित गर्ने कोसिस गरिँदै छ । बंगलादेशमा नाइद भन्ने व्यक्तिलाई स्टुडेन्ट मुभमेन्टको लिडरले थुनेर टाढा पु¥याएर छोडेर सख्त घाइते गराएको र छाडिदिएको भोलिपल्ट दसौं हजार मानिस जम्मा भएको त्यो सबै सामाजिक सञ्जालले गर्दानै हो । प्रभावकारी सामाजिक सञ्जालमा जे कुराहरूआइरहेको छ मलाई लाग्छ हाम्रा नेताहरू र सरकारमा बस्नेले गम्भीरतापूर्वक हेरिरहेका छैनन् ।

सामाजिक सञ्जाललगायत न्यु मिडियाले देश र समाजप्रतिको जिम्मेवारी निभाइरहेको छैन भनेर आरोपछ त्यसलाई अहिलेको गठबन्धन सरकारले कसरी हेरिरहेको छ ?
अहिलेको यो गठबन्धनको एउटै मात्र आशा भनेकै विधिहीनता र द्वन्द्वविहीनताको अन्त्य गरेर सुशासन कायम गर्ने र सुशासनको मूल पक्ष भनेको भ्रष्टाचाररहित समाज निर्माण गर्नु हो । भ्रष्टाचारविरुद्धमा सशक्त राष्ट्रिय आन्दोलनको रूपमा कार्यक्रममा जाने र जनतालाई सरकारले तत्काल दायाँ, बायाँ, केही हेरेरभन्दा त्यतातिर केन्द्रित हुनुपर्दछ । यदि त्यस्तो हुन सक्यो भने दुइटा सबैभन्दा ठूला दल, ऐतिहासिक दलहरू जनस्तरमा राम्रो संगठन भएका दलहरूले भ्रष्टाचारविरुद्धका कार्यक्रमसमाजमा जनतामाझ लिएर जान सक्यो भने अराजक र विद्रोहले छँुदैन । हैन भने फेरि त्यस्तो नभएर अहंकार लिएर विधिविहीनता र द्वन्द्वविहीनतालाई निरन्तरता दिने,भ्रष्टाचारमा कारबाही पनि नगर्ने, मुखले मात्र भ्रष्टाचार सहन्नँ, गर्न दिन्नँ, गर्दिनँ भन्ने हुँदैन त्यसलाई व्यवहारमा ल्याउनुप¥यो । त्यो काममा चाहिँ सरकार इमान्दार हुनुपर्छ भन्ने हाम्रो चाहना हो, र त्यसो भयो भने परिस्थितिले कोल्टे फेर्छ ।

झन्डै एक महिना हुन लाग्यो सरकारको गतिविधिप्रति सन्तुष्ट हुनुहुन्छ ?
म चाहिँ विरोधीहरूको सरकार हुँदा पनि गुण र दोष छुट्ट्याउन पर्खिनुपर्छ भन्ने पक्षको मानिस हुँ ।माओवादी—एमाले सरकार हुँदा पनि केही दिन मैले संसद्मा सैद्धान्तिक कुराहरू मात्र उठाएँ। अब अलिक दिनपछि म हाम्रै गठबन्धनको सरकार भएपनि गुण र दोषको आधारमा जे सत्य हो त्यो संसद्माराख्छु । पार्टीभित्र पनि गुण र दोषको आधारमा नै एकता कायम गर्दै जानुपर्छ भन्ने पक्षमा छु।