काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ–सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्यान्डमार्क होटल एन्ड रिसोर्ट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गर्नुभएको छ ।
उक्त समझदारीअनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले ल्यान्डमार्क होटल एन्ड रिसोर्टको काठमाडौं, पोखरा, चितवन तथा भैरहवास्थित होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरूले होटल तथा रिसोर्टमा उपलब्ध सेवामध्ये बेड एन्ड ब्रेकफास्ट, खाना तथा सञ्चालनमा रहेका अन्य सुविधाहरूमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजीक्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
प्रतिक्रिया