देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल सिमेन्ट उत्पादक संघको नेतृत्वमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारू 

देशान्तर

काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमितिमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारू अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको शुक्रबार भएको २० औँ वार्षिक साधारण सभाले आगामी ३ वर्षको लागि मारूलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष मारू विगत लामो समयदेखि सिमेन्ट उद्योगमा आवद्ध छन् ।

नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दीर्घकालीन तथा अल्पकालीन समस्याहरुको समाधान, स्थायित्व, गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि निजी क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गरी अघि बढ्ने तथा सम्पूर्ण सिमेन्ट उद्योगीहरुलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन, वन, विद्युत, बैंङ्किङ तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायसँग समन्वय गर्दे अघि बढ्ने अध्यक्ष मारूले बताए ।

नेपाल सिमेन्ट उत्पादक संघको २० औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिको चयन गरिएको थियो । नयाँ कार्यसमितिको निमित्त अध्यक्षमा धुव्र थापा, उपाध्यक्षमा तारा पोखरेल तथा विकास दुगड, महासचिवमा राजाराम खड्का तथा कोषाध्यक्षमा अरुण कर्ण रहेका छन् ।