काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा बृद्धि भइरहेको जनाएको छ ।
सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेलमार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको आइएमई पेले जनाएको छ ।
अझै अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा आइएमई पे मार्फत प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकहरुलाई ढुक्कले यात्राको लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको छ ।
आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट-रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।
आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरूको बढ्दो संख्याले र उत्साहले अझै सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए ।
प्रतिक्रिया