देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गिरीजा प्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोक्नु माओवादी आन्दोलनको गल्ती – प्रचण्ड

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालिन सभापति गिरीजा प्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोक्नु माओवादी आन्दोलनको गल्ती भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले त्यतिवेला कोइरालालाई राष्ट्रपति हुनबाट रोक्न आफूमाथि दवाव भएको खुलासा गर्दै उनले गिरीजालाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बनेको भए राम्रो संविधान बन्ने जिकिर गरे । उनले गिरीजा प्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोक्नु आफ्नो गल्ती भएको पनि स्वीकार गरेका छन् ।
उनले अहिले माओवादी केन्द्रमा आफू, पदाधिकारी र कार्यकर्ताहरू प्रदूषित भएको बताए । उनले दलाल पूँजीपतिहरूको भुल भुलैयाका कारण पार्टीमा समस्या भएको भन्दै बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा माओवादी त्यति अनुभवी नभएकोले यसैको फाइदा उठाएर दलाल पँुजीपतिहरुले पार्टीमा चलखेल गरेको दाबी गरे । उनले पार्टी विभाजन भए पनि पुन एकताको कुरा अगाडि बढेको भन्दै विभाजनमा गएकाहरूसँग रिस राग नभएको बताए ।