देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायन र मोडलिङमा जमेकी सञ्जु न्यौपाने

देशान्तर


काठमाडौं । आफूलाई चिनाउने ‘डाली नुहेछ, हेर्दाहेर्दै बिहे गर्ने उमेर पुगेछ’ लगायत करिब एक सयभन्दा बढी गीतमा स्वर दिएकी स्याङ्जाको निबुवाखर्कमा जन्मिएकी गायिका सञ्जु न्यौपाने गायन र मोडलिङमा एकसाथ अघि बढिरहेकी छिन् ।
उनले दर्जनौं म्युजिक भिडियो, केही टेलिफिल्महरूमा समेत अभिनय गरिसकेकी छिन् । त्यस्तै ठूलो पर्दाको चलचित्र ‘निर्भय’मा समेत उनले आफ्नो कला कौशल प्रस्तुत गरेकी छिन् । । न्यौपानेको केही गीत करोड क्लबमा छन् ।
संगीत क्षेत्रमा समर्पित भएको छोटो समयमा नै देश तथा विदेशका विभिन्न कार्यक्रमहरूमा समेत प्रस्तुति दिएकी सञ्जु तर उनलाई मोडलभन्दा गायिकाभन्दा आनन्द आउने गर्छ ।


सञ्जु २०६८ सालमा एसएलसी दिएर सशस्त्रको जागिरमा जोडिएकी उनले करिव ३ वर्षको समय नवलपरासीमा बिताइन् । जागिरे जीवनमा रहँदै गानाबजानाप्रति आकर्षित बनेकी सञ्जुलाई दिदी जमुना गैरेले गरेको साथ र सहयोगले पनि झन् बढी यो क्षेत्रमा दिगो समर्पण गराएको बताउँछिन् । सशस्त्रको जागिर छाडेर गायनमा होमिएकी सञ्जु अहिले आफूलाई खुसी मिलेको महसुस गर्छिन् ।


उनको स्वरमा रहेका गीतहरू यसपालि तीजमा दर खाने, छोम्रोङ गाउँकी नानी, टिकिया टलल, लाहुर, चाँदी कहाँ होला, यसपालि तीजमा घर आउँछु, लामो कपाल, हो आमा हो, धुरुधुरु, डालीमा फूल छैन, खरानी, दायाँबायाँ, उमेर पुगेछ, लाहुरेले, मोटर पुग्यो घान्द्रुक गाउँमा, कहिले बस्ला घरलगायतका रहेका छन् । उनका लागि धेरै गीत गाएर पनि खेम सेन्चुरीसँग गाएको लाहुरे गीत र रविन लामिछानेसँग गाएको चाँदी कहाँ होला गीत जीवनमा गायिकाको छाप छोड्न सफल भएका गीत हुन् ।


गायिका सञ्जुले दर्जनौं अवार्ड तथा सम्मानसमेत हात पारिसकेकी छन् । कतारमा सम्पन्न भएको स्टार इन्टरनेसनल अवार्ड, भारतमा प्रदान गरिएको शान्ति दूत अवार्ड, औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड नेसनल इन्टरटेनमेन्ट अवार्ड, ओएस नेपाल म्युजिक अवार्ड राष्ट्रिय ईपिक नेपाल म्युजिक अवार्ड, मेगा तीज म्युजिक अवार्डलगायतका अवार्डहरू पाइसकेकी छन् । त्यस्तै म्युजिक खबरको सातौं वार्षिकोत्सवको अवसरमा ‘म्युजिक खबर गायन सम्मान– २०८०’बाट सम्मानित भइसकेकी छन् ।