देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरमा सतर्कता केन्द्रको छानबिन

देशान्तर

काठमाडौं । मुलुककै पुरानो र आम मानिसको भरोसाको केन्द्र वीर अस्पतालमा व्यापक अनियमितता र अस्तव्यस्त भएपछि सेवाग्राहीहरू र कर्मचारीले अस्पताल सुधार, सेवाको सहजता र भ्रष्टाचार रोक्न छानबिन तथा कारबाही गर्न माग गर्दै कर्मचारीले विभिन्न निकायमा उजुरी दिएका थिए । कर्मचारीहरूले प्रधानमन्त्री कार्यालय, संसद्को राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरणलगायतमा उजुरी दिएका थिए ।  सो अनियमितताको उजुरी माथि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको केन्द्र सोतले बतायो । केन्द्रले पटकपटक अनियमितता तथा गुनासो बारेमा अस्पतालसँग जवाफ माग गरे पनि अस्पतालले जवाफ नदिएपछि केन्द्रले छानबिन समिति नै गठन गरेर छानबिन सुरु गरेको केन्द्र सोतले बताएको छ ।

अख्त्तियारले समेत प्रतिष्ठानसँग जवाफ माग गरेको बुझिएको छ । कर्मचारी समायोजन हुँदा संघमा बस्न फर्जी मेडिकल बोर्ड (हुँदै नभएको बिरामी) सिफारिस बनाएर (गम्भीर ढाड र घुडाको रोग लागेको सिफारिस बनाएको) बिना दरबन्दी वीर अस्पतालमा टीकाराम पनेरु र युवराज सुवेदी कार्यरत रहेका छन्, अस्पतालमा अनियमित कर्मचारी भर्ना, मेडिकल स्टोरका पनेरु र सुवेदीले टेन्डरमै स्पेफिकेसननै व्यापारीलाई हुने गरी तयार गरी आफु निकट व्यापारीलाई महँगोमा टेन्टर दिएर कमिसन लिने, यी दुईले अनुदानमा आएको समान बिल बनाएर अस्पतालबाट भुक्तानी गरी रकम खाने, नियमविपरीत स्टोरकिपरहरू टीकाराम पनेरु, युवराज सुवेदी र बैकुण्ठ लुइँटेलले महँगोमा आफु निकट व्यापारीसँग २०औं करोडको सामान कोटेसनमा खरिद गर्ने गरेका छन् ।

यसैगरी अस्पताल फार्मेसीले टेन्डर गरेर सप्लाई गर्नुपर्ने सामान मेडिकल स्टोरले नियमविपरीत आफैं सीघै खरिद गर्ने सो पनि नक्कली समान र भित्र्याउने, कमिसनको लागि पनेरु, सुवेदी, लुइँटेलले करोडौंको अनावश्यक सामान खरिद गरी थन्क्याउने साथै डेट एक्पाएर गराउने, लुइँटेलले महँगोमा सोफा, कुर्सी, टेबललगायत अनावश्यक खरिद गर्ने, कमिसन नपाएका कारण एमआरआई पूर्ण सञ्चालन नगरेको, आईसीयु उपकरणमा कमिसनको कुरा नमिल्दा र निजी अस्पताल सञ्चालकसँग कमिसन लिन आईसीयू पूर्ण सञ्चालन नगरेको, स्वास्थ्य मन्त्रालयले फाजिल र पुल दरबन्दी भएकालाई स्टोरको जिम्मेवारी नदिनु भने पनि मेडिकल माफियाको योजनामा विगत ४ बर्षदेखि स्टोर कब्जा गरिरहेको, अस्पताल फार्मेसीमा सबै मेडिसिन नभएको, अस्पताल निर्देशक पौडेलको शैक्षिक योग्यता माथि प्रतिष्ठान पदाधिकारीबाटै प्रश्न उठाएको, निर्देशक पौडेललेले कर्मचारी ऐन, नियम विपरीत दुईदुई बटा अल्का फार्मेसी र सुमेरु सिटी फार्मेसी सञ्चालन गरेको, अस्पतालका कर्मचारी नवराज धिताल र बैकुण्ठ लुइँटेलले वीर सहकारी स्थापना र सञ्चालन ट्रमा सेन्टरमा गरी अस्पतालका कर्मचारीहरूको ३० लाखभन्दा बढी रकम हिनामिना, अपचलन र ठगी गरेको, अस्पतालमा अस्पताल सुधार, भ्रष्टाचार रोक्न, बिरामीलाई सुविधा दिने, सेवा विस्तार गर्ने आवाज उठाउने कर्मचारीलाई यी भ्रष्ट समूहले धम्क्याउने, थर्काउने र गुन्डा लगाएर मार्दिन्छु भन्ने गरेका छन् ।

यिनीहरूमाथि छानबिन हुने भएपछि पनेरू र सुवेदी शक्ति केन्द्र धाउन थालेका छन् भने व्यापारीसँग अब अख्तियार,  सतर्कता र मन्त्रालयलाई पैसा दिएर मिलाउन पर्छ भनेर ठूला व्यापारी र कोटेसनमा सामान लिएका व्यापारीसँग तिमीहरूको फर्म माथि पनि छानबिन हुन्छ मिलाउनुपर्छ भनेर पैसा उठाइरहेका एक व्यापारी भन्छन् । कति पटक दिने हो पहिला पनि दियांै अब फेरि कति दिने नदिऊ फेरि काम दिँदैनन्, भुक्तानी रोकिदिन्छन् । यी वीर अस्पतालका पुराना बिचौलिया र माफिया हुन्, यिनीहरूका कारण न्याम्स पदाधिकारीसमेत आजित छन् । एक पदाधिकारीले मन्त्रालयमा भन्छ यिनीहरूकै कारण अस्पताल र प्रतिष्ठानको बदनाम भएको छ । अस्पताल यिनीहरूकै कब्जामा छ । यिनीहरूलाई कारबाही र सरुवा नभएसम्म अस्पताल सुधार नहुने उजुरीकर्ताको जिकिर रहेको छ । मन्त्रीसमक्ष पनि जानकारी गरायौं,  यसबारेमा स्वास्थ्य मन्त्रालयले पनि आन्तरिक छानबिन गरिरहेको मन्त्रालय स्रोतले बतायो । (देशान्तर साप्ताहिकबाट)