देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

देशान्तर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ । 

मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार लामाले आज विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा यही साउन ८ गते कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्नेमा लामा स्पष्ट बहुमतमा रहेका छन् ।

यस बाहेक बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको ३-३ र हाम्रो नेपाली पार्टीका २ दुई सांसद छन् ।