काठमाडौँ । सानै उमेर देखी गीत सङ्गीतमा रुचि राख्ने पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ मल्काहाकी गायिका दिपिका पौडेलको बैशालु फूल गीतले चर्चा बटुलेको छ । २०७५ सालमा गीत गाउनकै लागि भनेर काठमाडौँ आएकी उनले सुरुमा शिव हमालको शब्द सङ्गीतमा लैनो भैँसी गीत गाएकी थिइन् । गीत चलेन पैसा मात्र डुब्यो ।
त्यसको चार वर्ष पछि चर्चित गायक एवम् सङ्गीतकार कृष्ण समीप सुवेदी सङ्गको सहकार्यमा सलल काली गङ्गा निकालिन उक्त गीतले उनको परिचय र व्यस्तता बढाउँदै लग्यो । हालै दिपिकाले फेरी कृष्ण समीपसंगको सहकार्यमा सार्वजनिक गरेको बैशालु फूलले बजारमा चर्चा बटुलेको छ ।
गीतमा कृष्णकै शब्द सङ्गीत छ भने सङ्गीत संयोजन कृष्ण केसीले गरेका हुन । गीतको भिडियो निर्देशन मुकेश नेपालीले गरेका हुन् । रजनी गुरुङ, कृष्ण समीप र दिपिकाका साथमा बाल कलाकार सिम्रन खरेलको अभिनय रहेको भिडियोको पनि तारिफ भइरहेको छ । गीतमा आएका सकारात्मक प्रतिक्रियाले उत्साहित भएको गायिका पौडेलले बताएकी छन् । अब दशैको सेरोफेरोमा नयाँ झ्याउरे गीत लिएर आउने तयारीमा रहेको पनि उनले बताएकी छन् ।
प्रतिक्रिया