एकपछि अर्को गर्दै भइरहेका हवाई दुर्घटनाले नेपालमा हवाईयात्राको सुरक्षामाथि गम्भीर प्रश्न उत्पन्न भएको छ । नेपालको हवाई व्यवस्थापन तथा सुरक्षाका बारेमा अन्तर्राष्ट्रिय निकाय विशेषगरी ‘आइकाओ’ र युरोपेली संघले बारम्बार प्रश्न उठाइरह“दा नेपालमा भइरहेका दुर्घटनाले ती प्रश्नहरू जायज हुन् कि भन्ने कुरामा थप बल पु¥याएको छ । यात्रा गर्ने साधनहरूमध्ये हवाईयात्रा संसारमै सबैभन्दा बढी सुरक्षित मानिन्छ तर, नेपालमा बारम्बार दोहोरिने हवाईजहाज दुर्घटनाले नेपालको हवाई सेवा सुरक्षित छैन भन्ने तर्कलाई बल पु¥याइरहेको छ । एकातिर जनधनको क्षति र अर्कातिर मुलुकको हवाई सेवामाथि नै प्रश्न उठिरहेको बेला सम्बन्धित नियामक निकाय र सञ्चालक एकै भएकोले पनि यो गम्भीर समस्या बढेको विश्लेषकहरूको बुझाइ छ । दुर्घटनापछि जा“चबुझ आयोग गठन गर्ने, आयोगको प्रतिवेदन बुझ्ने, तर सुझावलाई कार्यान्वयन नगर्ने प्रवृत्तिको कारण पनि हवाई दुर्घटना बढेको विज्ञहरूको निष्कर्ष छ । बढ्दो हवाई दुर्घटना रोक्न अन्तर्राष्ट्रिय मागअनुसार नियामक र सञ्चालक छुट्टै निकाय बनाउनै पर्ने र विगतका प्रतिवेदन गम्भीर रूपले कार्यान्वयन गरियो भने बढ्दो हवाई दुर्घटना रोक्न सकिने देखिन्छ ।
पछिल्लो पटक गत बुधबार अर्थात् साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको निधन भयो भने बा“च्न सफल एक जना पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ । विस्तृत परीक्षण र मर्मत गर्न बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थलबाट उडेको २० सेकेन्डभित्रै दुर्घटनामा परेको हो ।
चलक दलका सदस्यसहित १९ जना सवार विमानका पाइलटबाहेक १८ जनाको मृत्यु भएको छ भने विमान पूर्णरूपमा क्षतिग्रस्त भएको छ । उडेको केही क्षणमै जहाजले सन्तुलन गुमाउ“दा उक्त दुर्घटना भएको थियो । यसअघि २०७९ माघ १ गते पोखरामा यतीको जहाज दुर्घटना हु“दा ७२ जनाको मृत्यु भएको थियो । २०१२ भदौमा सिमरामा भएको पहिलो हवाई दुर्घटनायता बुधबारसम्म ६९ वर्षमा नेपालमा १०८ वटा हवाई दुर्घटना भइसकेको छ भने यस क्रममा ९५९ जनाको मृत्यु भइसकेको छ । नेपालमा पछिल्लो समय विशेषगरी आन्तरिक उडानका जहाज र हेलिकोप्टर दुर्घटना बढेको छ । जसले हवाई दुर्घटना हुने मुलुकको सूचीमा नेपाल अग्रस्थानमा आउन थालेको छ । यसरी बढिरहेको हवाई दुर्घटनाले संसारभर सुरक्षित मानिने हवाई यात्रालाई नेपालमा भने सबैभन्दा जोखिमको यात्राका रूपमा चित्रित हुन थालेको छ ।
बिनाकारण कुनै पनि दुर्घटना हु“दैन । मौसम, जटिल भूगोल, विमानस्थलको अवस्था, विमानको प्राविधिक पक्ष, विमान कम्पनीहरूको नाफामुखी प्रवृत्ति, पाइलटका कमजोरीजस्ता कारणले दुर्घटना हुन्छ । र, यी कारण नेपालमा घट्नुको सट्टा बढ्दै गएको छ । दुर्घटनापछि गरिने छानबिनबाट मानवीय कमजोरीलाई कारणका रूपमा देखाउने र दुर्घटनामा मरिसकेका चालक दलका सदस्यलाई दोषी देखाउने प्रवृत्तिले पनि दुर्घटनामा कमी आउन नसकेको हो ।
विमानस्थलमै भएको दुर्घटना, दुर्घटनास्थलमै भेटिएका जहाजका पाटपुर्जा र पाइलट जीवितै रहेकाले बुधबारको दुर्घटनाको वास्तविक कारण त खुल्नेछ, तर त्यसरी खुलेको कारणलाई पनि गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने विश्वास भने छैन । किनभने यसअघि भएका कुनै पनि दुर्घटनाको छानबिनबाट प्राप्त सुझाव अधिकार प्राप्त निकायले कार्यान्वयन गरेकै छैनन् ।
छानबिनबाट प्राप्त हुने सुझाव त पछिको कुरा, सुरुमै अपनाउनुपर्ने सावधानी पनि अपनाइएको छैन । बुधबारकै घटनालाई हेर्ने हो भने विमानमा सवार १९ जनाको आधिकारिक जानकारी एयरलाइन्सस“ग बाहेक अरूस“ग थिएन । विमानमा कति जना र को को सवार छन् भन्ने जानकारी विमान उड्नुअगावै नेपाल नागरिक उड्डयन प्राधिकरणले पाउनुपर्ने हो । तर, प्राधिकरणले यति सामान्य सूचनासमेत आफूले राख्दैन । दुर्घटना नभएको भए उक्त दिन सौर्यको जहाजमा कोको मानिस पोखरा पुगे भन्ने जानकारी प्राधिकरणस“ग हुने नै थिएन । यो प्राधिकरणको हदैसम्मको लापरबाही हो र यो लापरबाहीका नाइके हुन्, नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारी ।
राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर प्राधिकारणको नेतृत्व हात पारेका अधिकारीले हवाई सेवालाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउनुभन्दा पनि आफू कसरी शक्तिशाली बन्ने ध्याउन्नमा मात्रै लागेका छन् । प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकाय गरी दुई अलग संस्थाका रूपमा अलग्याउने उद्देश्यसहित २०७६ फागुन ११ मा राष्ट्रिय सभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ दर्ता भएको थियो । तर, प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा सो विधेयक पारित हुन नसकेपछि निष्क्रिय भएको छ । यी विधेयकलाई पारित हुन नदिन उनै अधिकारी लागिरहेका छन् । विधेयक पारित भए दुई भिन्न संस्था बन्ने र आफ्नो अधिकार कम हुने भय उनमा देखिन्छ । आफू शक्तिमा रहिरहन अधिकारीले चालेको प्रपञ्चकै कारण नेपालको समग्र हवाई सेवा अस्तव्यस्त भएको छ भने उनी नेतृत्वमा आएपछि मात्रै सात वटा दुर्घटना भएको छ । तर, उनले भने कुनै जिम्मेवारी लिएर नैतिकता देखाउनुको साटो शक्तिमै मक्ख परेर बसेका छन् ।
प्रतिक्रिया