काठमाडौं । गायिका कोपिला गौतमलाई यस वर्षको शोभा—अर्जुन संगीत पुरस्कार प्रदान गरिएको छ । नेपाली लोकसंगीत तथा लोकदोहोरी विधामा करिब २० वर्षदेखि गौतमले पु¥याएको योगदान कदर गर्दै शोभा—अर्जुन संगीत कोषको तर्फबाट नगद २० हजारसहित पुरस्कार प्रदान गरिएको हो ।
शुक्रबार प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको ७१औं जन्मजयन्तीको अवसरमा प्रदान गरिएको हो । गायिका गौतमको स्वास्थ्य अवस्थाको प्रतिकूलताका कारण उक्त पुरस्कार उनकै निवासमा नै पुगेर प्रदान गरिएको थियो । गायिका गौतमले प्राध्यापक तिवारीसँग ललितकला क्याम्पसमा विद्यार्थीको रूपमा नेपाली लोकसंगीत अध्ययन गरेकी थिइन् । गायिका गौतम विगत पाँच वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी छन् । यतिबेला गायिका गौतमको क्यान्सरको उपचार चलिरहेको छ । उनका चर्चित गीतहरूमा ‘पोखरा फेवाताल’ ‘चौतारी ताकेर’ ‘आमाले पकाएको दर’, ‘तीजै आयो लैवरी लै’, ‘कस्तो आयो जमाना’ लगायतका रहेका छन् ।
प्रतिक्रिया