देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

देशान्तर

काठमाडौं ।  बुधबार भएको सौर्य एयरलायन्सको हवाई दुर्घटनाका मृतकलाई एयरलायन्सले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । 

सौर्य एयरलाइन्स प्रा.लि.ले एक बिज्ञप्ती जारी गर्दै अकल्पनीय जहाज दुर्घटनामा परि दिवंगत भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएको उल्लेख गर्दै संस्थाले सधै जिवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास दिलाएको छ ।

अध्यक्ष दिपक कमार पोखरेलद्वारा हस्तक्षरित बिज्ञप्तीमा सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठा पूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पिडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाएको उल्लेख गरेका छन् ।

अध्यक्ष पोखरेलले प्रतिष्ठित विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने उल्लेख गर्दै कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको भन्दै दुःख प्रकट गरेका छन । साथै उपचाररत क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।