देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीलंकामा राष्ट्रपति निर्वाचन सेप्टेम्बरमा हुने

देशान्तर

काठमाडौँ । श्रीलंकामा यसै वर्षको सेप्टेम्बर २१ मा श्रीलंकामा राष्ट्रपतिको निर्वाचन हुने भएको छ । स्वतन्त्र निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको हो । यस घोषणाले राष्ट्रपति रनिल विक्रमासिंघेको कार्यकाल लम्ब्याउन चुनाव स्थगित गर्ने महिनौंको अनुमानको अन्त्य भएको छ । 

संविधानको धारा ३१ (३) बमोजिम सेप्टेम्बर २१ मा ष्ट्रपतिको निर्वाचन हुने र अगस्त १५ मा  उम्मेदवारी मनोनयन गरिने बताइएको छ । यसअघि २०१९ मा राष्ट्रपति गोताबाया राजापाक्षे ७० लाख मतका साथ राष्ट्रपति बनेका थिए । २०२२ को सुरुमा हजारौं मानिसहरूले आर्थिक संकटसँग जुध्न असफल भएको भन्दै राजपाक्षेलाई राजीनामा दिन आग्रह गरिएको थियो ।

राजापाक्षेले जुलाई९, २०२२ मा देश छोड्नु परेको थियो, त्यसपछि निवर्तमान रनिल विक्रमासिंघे संसद मार्फत राजापाक्षको उत्तराधिकारीको रूपमा निर्वाचित भए । विक्रमासिङ्घेले आईएमएफबाट बेलआउट सुविधाको फाइदा उठाएर देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयास गरेका छन् । 

अप्रिलको मध्यसम्ममा श्रीलंकाले ऋण तिर्न अस्वीकार गरेको थियो । एक वर्षपछि आइएमएफमा करिब तीन अर्ब डलरको पहिलो किस्ता आयो, जसलाई चार वर्षका लागि थप्ने भनिएको थियो । यद्यपि, निवर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलंकालाई आर्थिक संकटबाट बाहिर निकाल्न देशमा सुधारहरू लागू गर्ने आफ्नो प्रतिबद्धता कायम राखेका छन् । उनी फेरि राष्ट्रपति बन्ने आशामा छन् ।