देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से ३२ अंकले बढ्यो

देशान्तर

काठमाडौं । नेप्से परिसूचक ३२ अंकले बढेको छ । विहिबार नेप्से ३२ अंकले बढेर २५६८.११ को विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार विहिबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँको कारोबार भएको छ ।

आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर एक लाख ५९ हजार ७५७ पटक खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ बराबरको कारोबार भएको छ ।

आज उपकार लघु वित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने जीवन लघुवित्त र एशियन हाइड्रोको शेयर मुल्यमा ९.९९ प्रतिशतले बढेको छ । 

त्यस्तै आज सबैभन्दा बढी मितेरी विकास बैंकको शेयर मूल्य सबैभन्दा बढी ७.६५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा जीआइसी इन्सुरेन्सको ३४ करोड १७ लाख ७९ हजार ९७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सिटिजन सुपर ३० म्युचुअल फण्डको ११ लाख ४६ हजार ७५० कित्ता शेयर किनबेच भएको छ ।