देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्तपुरमा ‘फाउण्डेसन अफ जिम्न्याष्टिक कोर्स’ सुरु

देशान्तर

काठमाडौं  । नेपाल जिम्नास्टिक एशोसियसनको आयोजनामा भक्तपुरमा फाउण्डेसन अफ जिम्न्याष्टिक कोर्स सुरु भएको छ । ५ दिन सम्म संचालन हुने फाउण्डेसन अफ जिम्न्याष्टिक कोर्सको मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्धघाटन गरेका हुन् ।

नेपाल जिम्नास्टिक एशोसियसनका अध्यक्ष धुर्व बहादुर प्रधानको सभाध्यक्षतामा सम्पन्न भएको उद्धघाटन कार्यक्रममा जिम्नास्टिकका खेलाडी देखी प्रशिक्षक र विभिन्न देशका प्रशिक्षार्थी सहभागि छन् । जिम्नास्टिकका खेलाडीहरुका लागि यो कोर्स निकै महत्वपूर्ण रहेको र यसको आयोजना नेपालले गर्न पाउदाँ आफूहरु अत्यन्तै खुसी रहेको नेपाल जिम्न्याष्टिक एशोसियसनका अध्यक्ष धुर्व बहादुर प्रधानले बताए ।

५ दिन सम्म संचालन हुने सो कोर्स सिक्नका लागि नेपाल सहित भारत, श्रीलंका, बंगलादेश , ईरान, मलेसिया , फिलिपिन्स थाइल्याण्ड गरि ९ देशवाट जिम्नास्टिकका खेलाडीहरु सहभागी रहेको उनले बताए । यो कोर्सले हाम्रै देशमा पनि प्रशिक्षकहरु तयार पार्नेछ , यो कोर्स गराइसके पश्चात हामीलाई प्रशिक्षकहरु बाहिरवाट बोलाइ रहनुपर्दैन , त्यो बाध्यता हट्छ भन्नेमा हामी विश्वस्त छौं ‘ अध्यक्ष प्रधानले भने । नेपाल जिम्न्याष्टिक एशोसियसनका महासचिब मुकुन्दराज शर्माले यो कोर्स बिल्कुलै नौलो र नेपाली खेलाडीहरुका लागि अझै बढी प्रभावकारी र फाईदाजनक रहेको बताए ।

 जिम्न्याष्टिकमा विभिन्न ८ वटा विभिन्न वधाहरु रहेको ति सबै विधाहरुका लागि चाहिने बेसिक कोर्स नै फाउण्डेसन कोर्स रहेकाले यो अत्यन्तै महत्वपूर्ण रहेको उनको भनाई छ । उनले यो कोर्स सिक्न र सिकाउनका लागि विश्व चर्चित प्रशिक्षक देखी विभिन्न देशवाट अनलाईन रुपमा छानिएर आएका प्रशिक्षार्थीहरु रहेको बताएका छन् ।

नेपालमै यस प्रकारको कोर्स गर्नका लागि नेपाल जिम्न्याष्टिक एशोसियसनले इच्छा जाहेर गरेको र जिम्नास्टिकको सवोच्च संस्था एफआईजीले सहजै अनुमति दिएपछि कार्यक्रमको आयोजना गरिएको नेपाल जिम्न्याष्टिक एशोसियसनका सदस्य तथा कोच  प्रसाद कोजुले बताए । फाउण्डेसन अफ जिम्न्याष्टिक कोर्स बारे तालिम दिनका लागि जापान , ब्राजिल , अष्ट्रेलिया लगायतका देशहरुवाट विश्च चर्चित प्रशिक्षकहरु नेपाल आएका छन् । सो तालिम यही साउन १३ गते आईतबार समापन गरिनेछ ।