देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीता र सुनिलको अभिनयमा पान पुतली माया

देशान्तर

काठमाडौँ । गायक राजनराज शिवाकोटी र गायिका टिका पुनको स्वर रहेको पान पुतली माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निगत आइतबार एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको भिडियोमा मोडलद्धय गीता ढुंगाना र सुनिल न्यौपानेको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै गायक तथा संगीतकार शिवाकोटीले गीतको मेलोडी अनुसार भिडियो गज्जबको बनेको प्रतिक्रिया दिए । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको छायांकन हरि हुमागाईले गरेका हुन् भने नकुल खड्काले सम्पादन गरेका हुन् । मिना बर्तौलाले निर्माण गरेको भिडियो समिप इन्टरटेनमेन्टबाट रिलिज गरिएको हो ।