देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा बिभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित 

देशान्तर

काठमाडौँ । सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले नेपाली तथा नेपाल भाषाको साहित्यमा विशेष योगदान पु¥याएका साथै नेपाली सङ्गीत, कला, र सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेका २२ जना व्यक्तित्व र दुई संस्थालाई सम्मान गरेको छ । 

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा  सम्मान सँगै अक्षलोक साहित्यिक पत्रिकाको ६७औ अङ्कको लोकार्पण पनि गरिएको थियो । कार्यक्रममा नगद  दश हजार राशि सहितको सिद्धिश्वरमान मिलन मुक्ति उत्कृष्ट समाजसेवी पुरस्कार हेटौँडामा रहेको आमा घरका प्रा. विजय राज सिग्देललाई प्रदान गरियो भने नगद दश हजार राशि सहितको सिद्धिश्वरमान महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार डा. तिलकराम आचार्यलाई , दश हजार राशि सहितको सिद्धिश्वरमान चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार म्यानमारमा रहेर समाज र साहित्यमा योगदान गर्दै आएकी  तुलसी थापालाई  प्रदान गरिएको थियो । 

यसै गरी नेपाली साहित्यको समालोचना र कथा विधामा दशकौँ देखि योगदान पु¥याएका प्रा. डा. दयाराम श्रेष्ठलाई सर्वोत्कृष्ट शताब्दी समालोचना सम्मान र प्रा. डा. ध्रुवचन्द्र गौतमलाई सिद्धिश्वरमान  सर्वोत्कृष्ट शताब्दी कथा सम्मान  प्रदान गरिएको थियो । केन्द्रले नेपाल भाषा साहित्य क्षेत्रलाई सम्पन्न बनाउन सहयोग गरेका चार विशिष्ट साहित्यकारहरू मनदेवी तन्दुकार, ध्रुव मधुकर्मी, मोतीलक्ष्मी शाक्य, र सुरेश किरण लाई नेपाल भाषाको सँझ्याः कलात्मक झ्यालको रूपमा सम्मानित गरेको थियो । 

 कार्यक्रममा कुल बहादुर थापा बगाले, दीपक जङ्गम, प्रा. डा. वीणा पौडेल, प्रा. डा. हेमनाथ पौडेल, शान्ता मानवी, के के कर्माचार्य, वासुदेव अधिकारी, राजन प्रसाद न्यौपाने, तनुजा महर्जन, नर्मदेश्वरी सत्याल, जयन्ती स्पन्दन, दीपक आचार्य, र रामबाबु नेपाललाई पनि पुरस्कृत र सम्मानित गरिएको थियो ।   यस्तै नेपाली साहित्य उत्थानमा विशेष योगदानको लागि युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान तथा पारिजात स्मृति केन्द्रलाई  संस्थागत विशेष सम्मान गरिएको थियो ।  कार्यक्रममा स्वर्णिमा श्रेष्ठ, जयन्ती स्पन्दन लगायतका साहित्यकारहरूले रचना वाचन पनि गरेका थिए । प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएका प्रतिनिधि सभाका सभामुख देव राज घिमिरेले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य पठाएका थिए ।

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रका अध्यक्ष स्वजन स्वराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवी तथा राजनीतिज्ञ विजय सुब्बा, नेपाल भाषाकी खम्बा, सुवर्ण केसरी चित्रकार, समाजसेवी तथा राजनीतिज्ञ, सुजिता शाक्य, डा. सावित्री श्रेष्ठ, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव, सुमनराज अर्याल लगायतका अतिथिहरू उपस्थित थिए ।