देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपामा काण्डै–काण्ड

देशान्तर


काठमाडौं । संसदीय राजनीतिका पुराना दुई ठूला दलमध्ये नेकपा एमालेले यती, ओम्नी, गिरीबन्धु, बतास, फोरजीलगायतको काण्डको भारी बोकेर हिँडदा कांग्रेसलाई वाइडवडी, भुटानी शरणार्थी र टेरामक्स काण्डले लखेटिरहेको छ भने सशस्त्र द्वन्द्वबाट उदाएको माओवादी क्यान्टोन्मेन्ट घोटाला, एनसेल र सुन काण्डमा चुर्लुम्म हुँदा ‘जान्नेलाई छान्ने’ नारा दिएर केही समय अघिमात्र राजनीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छोटो समयमै काण्डै—काण्डमा चुर्लुम्म डुबेको छ ।
रास्वपाको काण्डको केन्द्रमा स्वयं यसका सभापति रवि लामिछाने छन् ।लामिछानेको दोहोरो नागरिकता र राहदानीबाट सुरु भएको रास्वपाभित्रको काण्ड पछिल्लो पटक यस पार्टीबाट उपसभामुख बनेकी इन्दिरा राना मगरसम्म आइपुगेको छ । रास्वपाभित्र भएका र बाहिर आएका केही काण्डहरूमा मन्त्री बन्न ढाकाकुमार श्रेष्ठको दुई करोड बार्गेनिङ गरेको अडियो काण्ड चर्चित छ ।जस्ले श्रेष्ठको सांसद पद नै चैट भयो । यसैगरी, चर्चित सहकारी ठगी काण्डमा लामिछाने माथि संसदीय समितिले छानबिन गरिरहेको छ । एक झुट लुकाउन सय झुट बोल्नुपर्छ भनेझंै लामिछानेले सहकारी ठगी काण्ड मिलाउन प्रहरी अधिकृतहरूको जिम्मेवारी हेरफेर, प्रमुख जिल्ला अधिकारीहरूको सरुवादेखि सरकारी वकिल कार्यालयका महान्यायाधिवक्ता समेतलाई क्लिन चिटको पत्र लेख्न लगाएर विवादमा फसाइदिएका छन् ।
केही समयपहिले देशका ३८ जिल्ला घुमेर तयार पारेको पार्टीको महामन्त्रीको कठोर समीक्षा प्रतिवेदनमा रास्वपा सहमत हुन नसकेर महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई कारबाहीको डन्डा चलायो । आफ्नो प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने माग पार्टीले सुनुवाइ नगरेपछि ढकाल बैठक अवधिभर मुखमा कालोटेप बाँधेर मौन बसेकाथिए । जसलाई सामाजिक प्रयोगकर्ताहरूले मुकुलको मुखमा चुकुल भनेर रास्वपाप्रति व्यंग्य गरेका थिए ।पार्टीको कारबाहीमापरेका महामन्त्री तथा प्रवक्ता ढकाललेएक सञ्चारमाध्यममा त सनसनीपूर्ण अन्तर्वार्ता दिए ।

अन्तर्वार्तामा उनले पार्टी सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बनाए भारतले भनेको जे पनि मान्न तयार रहेको भनेर डरलाग्दो खुलासा गरेका थिए । लामिछाने पहिलो पटक उपप्रधान तथा गृहमन्त्री भएपछि दोस्रो पटक हुने बेला भारतसँग सम्बन्ध बढाएर प्रधानमन्त्री हुन चाहेको खुलासा गरेका हुन् । उनले उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई रविजीलाई प्रधानमन्त्री बनाउनका लागि भारतलाई नेपाल सिक्किम वा भुटानजस्तो स्वरूपमा बस्न तयार छु भनेर भन्यो भने मानिहाल्छन् यस्तो प्रस्ताव लिएर जाउ, भनेको पनि अन्तर्वार्तामा खुलाएका छन् ।यद्यपि ढकालको अभिव्यक्तिलाई वाग्लेलेवाइहात भनेर प्रतिक्रिया दिएका छन् । ढकालले वाग्लेको सचिवालयले आफूलाई कुट्ने धम्की दिएको समेत सार्वजनिक गरेका थिए । पार्टीको कारबाहीमा परेकाढकालले आत्महत्या दुरुत्साहन, समानुपातिक सांसद बनाउँदाको पैसा लिएको, पार्टीका नाममा उठाएको रकम हिनामिना गरेको देखि धेरैको घरबार बिगारेको समेत आरोप लगाएका छन् ।


उपसभामुखसमेत रहेकी रास्वपाकी नेता इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको काण्ड सार्वजनिक भएपछित सुशासनको नारामा संसद्को चौथो ठूलो दल बनेको रास्वपा यतिबेला भने भ्रष्ट र विवादित छविको पार्टीमा दर्ज भएको छ । संयुक्त राष्ट्रसंघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्युयोर्कमा भएको कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई भिसाको अन्तर्वार्ता मिति छिटो दिन काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । यो विषय राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्ष नेतृत्वले गत वैशाखमै थाहा पाएर पनि सामसुम पारिएको खुलासा भएको छ । उनीविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी परिसकेको छ । उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद्् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बाँस्कोटाले राज्यव्यवस्था समितिमा उजुरी दिएका हुन् ।


उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारेमा सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताए ।
उनले उपसभामुख रानामगरसमेत उपस्थित भएको संसद््को कार्यव्यवस्था परामर्श समितिमा यसबारे सभामुखसँग छलफल गरेको बताएका छन् ।रानाले भने करुणाभावले सहयोग गर्न अमेरिकी दूतावासमा भिसा आबेदनका लागि पत्र लेखिदिएको बताएकी छन् । उनलेआफूसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा आफ्नो सहयोगीसमेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेकाले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको तर भिसाको लागि अनुरोध नगरेको जिकिर गरेकी छन् ।
यता, रास्वपाकी सांसद निवर्तमान शिक्षामन्त्रीसुमना श्रेष्ठ पीआर काण्डमा मुछिएकी छन् । सुमनाविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । सुमनाले भने आफूसँग कुनै देशको पीआर नभएको सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएकी थिइन् ।