देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाजवादी मोर्चा, प्रचण्डको ढोक्सा

देशान्तर

काठमाडौं । कांग्रेससँगको सत्ता साझेदारी हुँदा सत्तामा कांग्रेसलाईर प्रतिपक्षमा एमालेलाई दबाबमा राख्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रणनीतिअनुसार बनाइएको समाजवादी मोर्चालाई माओवादी केन्द्रले एमालेसँग सत्ता साझेदारी गरे सँगै प्रचण्डले खासै महत्व दिएका थिएनन् । तर, उनको कल्पनाभन्दा बाहिर रहेको कांग्रेस एमाले मिलेर सरकार बनाए पछि फेरि मोर्चाको टेकोमार्फत गुमेको शक्ति प्राप्ति गर्न सकिन्छ कि भन्ने मृगतृण्णा पालेर ढोक्साथाप्न सुरु गरेका छन् ।तर प्रचण्डकै पूर्वसहकर्मी डा. बाबुराम भट्टराईले अरूबाट चोरेको समाजवादीकोढोक्साबाट पार नलाग्ने भनेर व्यंग्य गरेका छन् । प्रचण्डलाई नै प्रहार गर्दै भट्टराईले लेखेका थिए, ‘अब समाजवादी केन्द्रको नयाँ ढोक्सा÷ढडिया÷जाली त्यो पनि अरूबाट चोरेको ।’
प्रचण्ड सत्ताबाट हटेपछि ब्युँतिएको समाजवादीको गत मंगलबारकोबैठकमा नेसपाबाट अलग भएका महेन्द्र यादव समावेश हुँदा मोर्चामा रहेका उपेन्द्र यादव भने सहभागी भएनन् । यादवको पार्टी फुटेपछि फुटमा प्रचण्डको पनि साथ रहेको दाबी गर्दै मोर्चाको औचित्य समाप्त भएको र मोर्चा पोलेर खाएको टिप्पणी गर्दै आएका छन् ।पार्टी मोर्चा र सरकारमा सहभागी भएको अवस्थामा पार्टी विभाजन गराएको भन्दै जसपा नेपाल प्रचण्डप्रति रुष्ट छ । यद्यपि समाजवादी मोर्चामा उपेन्द्र यादव पनि सामेल हुने अपेक्षासहित बैठकमा एउटा कुर्सी खाली राखिएको थियो ।

मोर्चामा महेन्द्रको सहभागिताप्रति लक्षित भएर नेसपाका अध्यक्षसमेत भट्टराईले भनेका छन्, ‘अहिले उहाँहरू सडकमा पछारिनु भएको छ ! ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा÷ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउती हेरिरहनु भएको छ ! केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहनु भएको छ ।’
गत फागुन २१ गते सत्ता गठबन्धनमा एमाले आएसँगै निष्क्रिय भएको ‘समाजवादी मोर्चा’ माओवादीको सत्ता बहिर्गमनसँगै सक्रिय भएको हो । मोर्चालाई प्रचण्डले आफ्नो उद्देश्य पूरा गर्न रणनीतिक रूपमा उपभोग गर्दै आएका छन् ।समाजवादी मोर्चाका नारा देशव्यापी प्रचारप्रसार गर्ने, भित्तेलेखन, ब्यानर, पर्चालगायतबाट मोर्चाको नीति जनतामाझ पु¥याउने, उपत्यकामा वामपन्थी बुद्धिजीवी, व्यवसायीहरूसँग केन्द्रीयस्तरको अन्तक्र्रिया गर्ने, प्रदेशस्तरमा विचार–गोष्ठी गर्नेलगायतका यस अघिका मोर्चाका निर्णय अलपत्र छन् ।


समाजवादको नेपाली बाटो तय गर्ने, विभेदको अन्त्य गर्ने, त्यसका लागि जनदबाब सिर्जना गर्ने, पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने,राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि पारिएका सिमान्तकृत समुदायका अधिकार प्रत्याभूत गराउनेजस्ता लक्ष्यका साथ घोषणा गरिएको मोर्चा केवल प्रचण्डका लागि प्रयोग गरिने क्लब जस्तो बन्दै गएको टिप्पणी हुन थालेको छ ।मंगलबारको मोर्चाको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष यादवसहित चारवटै पार्टीका अन्य नेताहरू सहभागी थिए ।