देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यसकारण रोकियो मौद्रिक नीति

देशान्तर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०८१÷०८२ को मौद्रिक नीति सार्वजनिक गर्ने तिथि मिति तोके पनि अन्तिमसमयमा रोकिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अस्ति शुक्रबार पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको भए पनि नयाँ सरकार बनेको र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले यसमा चासो देखाएपछि मौद्रिक नीति सार्वजनिक हुन केही समय लाग्ने स्रोतले जनाएको छ ।


बिहीबार प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा पूर्वगभर्नर तथा अर्थमन्त्रीसमेत भइसकेका डा. युवराज खतिवडा नियुक्त भएका थिए । नियुक्त नहुँदै मौद्रिक नीतिमा चासो देखाएका खतिवडाले नियुक्त भएपछि त औपचारिकरूपमै गभर्नर महाप्रसाद अधिकारीलाई सार्वजनिक गर्ने काम रोक्न आग्रह गरेका थिए । फलस्वरूप अधिकारीले पनि तयारी नपुगेको भन्दै शुक्रबारका लागि तय भएको सार्वजनिक गर्ने कार्यक्रम नै स्थगित गरेका हुन् । अहिले प्रधानमन्त्री, अर्थमन्त्री एमालेकै रहेको र गभर्नर पनि एमालेकै पृष्ठभूमिका भएकाले सरकार अनुकूल नै मौद्रिक नीति आउने अपेक्षा गरिएको छ ।


नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिबाट पारित गरेर अर्थमन्त्रीलाई समेत मौद्रिक नीतिबारे ब्रिफिङ गरेर सार्वजनिक गर्ने भनिएको थियो । मौद्रिक नीति सार्वजनिक गर्न शुक्रबार सञ्चालक समिति बैठक डाकिएको थियो। बैठक स्थगित नभए पनि मौद्रिक नीतिको एजेन्डा नै राखिएन ।