राजा सात वाहनले जुन रानीलाई पछि विवाह गरेका थिए अर्थात् ती कान्छी रानी थिइन् । पाठकहरूलाई यसअघि नै थाहा भइसकेको छ । यी रानीका साथ यिनले धेरै समय अनेक क्रीडा गरेर बिताए । शिकार खेले । शिकार खेल्दा विभिन्न संकट आइपर्थे त्यसको मिलेर सामना गरे । यी रानी कान्छी वा यौवनयुक्त भएर मात्र राजा सात वाहन यिनीसित मोहित भएका होइनन् । यिनीमा वौद्धिक पनि थिइन । राजा सात वाहन पनि विद्या र विद्वानको कदर नै गर्दथे । उनी संस्कृत र प्राकृत भाषाका प्रेमी र ज्ञानी पनि थिए । तर मान्छे जति जान्दछ त्योभन्दा बढी आफूलाई मान्दछ । यसले कहिलेकाहीँ संकट पनि निम्त्याउँछ भन्ने ज्ञान उसलाई हुँदैन । सात वाहन पनि राजा भए पनि यस्तो कमजोरीबाट टाढा थिएनन् ।
एकदिन कालीदासको कुरा चल्यो । रानी र राजा कुरा गर्न थाले । राजाले भने– ‘जे भए पनि कालीदास अन्त्यमा सर्वश्रेष्ठ कालिका रूपमा प्रतिष्ठित भएरै छाडे ।’
रानीले भनिन्– ‘हो महाराज तर कहिलेकाहीँ उनको पुरानो मुर्खताले पछ्याइदिँदो रहेछ ।’
‘कसरी ?’ राजाले जिज्ञासा पोखे । रानीले भनिन्– ‘कसरी भने, सरस्वतीले उनीलाई वाकसिद्धिको वरदान दिएकी थिइन् । त्यसअनुसार एक पटक राजासहित दरबारियाहरू मत्स्य आखेटमा गएका थिए कालीदास पनि साथमा थिए । महाराज राम्ररी सुन्नुहोस् । यसमा मनोवैज्ञानिक तथ्य पनि लुकेको छ ।
विशाल नदीमा दरबारमै भएका माझीहरूले जाल फ्याँके । विशाल जाल थियो त्यसमा माछासहित असंख्य जलचर पनि थिए । त्यसकारण जालमा ती सबैको फँस्ने सम्भावना थियो । जाल ठूलो थियोे । अत्यन्त गह्रुँ हुनाले आठ, दस माझीले तान्नुपर्ने भयो । ताने झिक्नुअघि राजाले आफ्ना दरबारियाहरूसित सोधे–‘भन यसमा कुन अन्य जीव पनि हुन सक्छ ?’
एकले भन्यो– कछुवा महाराज ।’
अर्काले भन्यो– ‘यो नदीमा मङ्टाहरू प्रशस्त छन्, त्यसकारण गङ्टाहरू हुन सक्छन् ।’
अर्काे एकले थप्यो– ‘माछाबाहेक भनेकाले यहाँ गोही पनि प्रशस्त छन् । त्यसकारण गोही हुन सक्छ ।’
कुनैले भन्यो– ‘महाराज जाल अत्यन्त गहुँ्र हुनाले, जलगैंडा पनि हुन सक्छ ।’ सब हाँस्न थाले । राजा पनि हाँसे र दरबारियालाई सोधे– ‘के हो समीरधन यसलाई जवाफ छ । तिमीसित ?’
समीरधन दरबारको विशेषक थियो । राजाले त्यसैले सोधेका थिए । समीरधनले भन्यो– ‘महाराज, यिनको कुरा सत्य हुन सक्छ ।’
राजाले उत्सुकताले सोधे– ‘कसरी ?’ यिनी स्वयं जलगैंडा जस्ता छन्, यिनलाई नदीमा फ्याँकेदेखि भइहाल्छ नि ?
सबैजना गलल हाँसे । दरवारिया लज्जित भएर उभिइरह्यो ।
अन्त्यमा पालो आयो कालीदासको । कालीदासलाई डाकियो ।
राजाले सोधे– ‘भन कालीदास यो जालबाट माछाबाहेक के निस्किन्छ ?’
कालीदासले कुन सोचमा थिए कुन्नि भनिदिए । महाराज, ढुक्कुर ।
सबै अवाक राजा सात वाहनसमेत आश्चर्यले कालीदासतर्फ हेर्न थाले ? के भन्छन्, यी कालीदास हुँ ? ढुकुर ? त्यस्तो असम्भव कसरी साभ्य हुन्छ ? आकाशपट्टि ढुकुरपानीबाट ? जलचर त हुँदै हुँदैन ढुकुर अनि कालीदासले कसरी बोले, यस्तो असम्भव ? सबैभन्दा बढी त देवी सरस्वती चिन्तित भइन् । उनले कालीदासलाई वाकसिद्धिको वरदार दिएकी थिइन् । कालीदासले अचानक पाएको मूर्खतावश भनिदिए, जालबाट ढुकुर निस्किन्छ ।
सरस्वती अप्ठेरोमा परिन् । उता सात वाहनका सारा दरबारिया उत्सुक भएर पर्खिन थाले, यो असम्भव घटनालाई । असम्भव कसरी भने, नदीबाट ढुकुर निक्लिनु असम्भव, उता कालीदासलाई वाकसिद्धिको वरदान प्राप्त माताबाट । कालीदासको वचन ध्यर्य जानु पनि त्यत्तिकै असम्भव थियो । सारा उत्सुक भएर पर्खिन मात्र थालिनन्, चारैतिरबाट मानिस त्यस्तो सुनेर उर्लिन थाले । माझीहरू पनि जाल झिक्न अलमल किन गरे भने, तिनीहरू स्वयं अलमलमा थिए । ती स्वयं पनि उत्सुक थिए । त्यसकारण मानिसको उत्सुकता झन् बढोस् भनेर जाल झिक्न ढिलो गरिरहेका थिए ।
राजा सात वाहन पनि अत्यन्त उत्सुक भए कथाको अन्त्य जान्न । उनी सोच्न थाले । साँच्ची कस्तो अप्ठेरो स्थिति थियो । सरस्वती मातालाई नदीबाट ढुकुर कसरी निस्किन्छ, अनि कालीदासले पाएको वरदान पनि असत्य कसरी ठहरिन सक्छ ?
रानी चुप लागेको देखेर, राजा सात वाहन अन्त्य जान्न अधीर भए, जसरी सारा वरपरका मानिस थिए ।
थाम्न नसकेर राज्यले भने महारानी अन्त्यमा के भयो त बताउ, म जान्न अति उत्सुक छु, थाम्नै नसक्ने गरी ।
रानीले हाँसेर भनिन्— महाराज एकछिन अझै धैर्य गर्नुपर्छ । अहिले त मैले गाउँलेभन्दा पनि स्वयं कालीदासको मनः स्थितिको बयान गर्नुछ । कालीदासले किन त्यस्तो मूर्खतापूर्ण कुरा भने ? त्यसपछि मात्र कथाको अन्त्य आउँछ । त्यसकारण केही समय धैर्य गर्नु अनिवार्य छ ।
(बाँकी पछिको कुनै अंकमा)
प्रतिक्रिया