देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय-बीपी चिन्तन अनुसरण गर

देशान्तर


नेपाली कांग्रेसका संस्थापक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक समाजवादका प्रवर्तक विश्वेश्वरप्रसाद कोइराला (बीपी) को योगदानको स्मरण गरी आइतबार (आज) देशभर विभिन्न कार्यक्रम गरी ४२ औं बीपी स्मृति दिवस मनाइ“दैछ । नेपाली जनतालाई १०४ वर्षे जहानिय“ा राणा शासनबाट मुक्त गरी प्रजातन्त्र बहाली गर्दै मुलुकलाई विकास र समुन्नतिको बाटोमा हि“डाउने आन्दोलनको नेतृत्व गरेका र नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका महामानव बीपी कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । जननायक कोइरालाको निधन भएको ४२ वर्ष पूरा भए पनि उनले नेपाली राजनीतिमा देखाएको मार्ग र देखेको सपना भने अझै पूरा हुन सकेको छैन । त्यसैले उनको स्मृति दिवसमा नेताहरूले उनका सपना पूरा गर्ने प्रतिबद्धता गर्दछन् । तर, त्यस मुताविकको परिणाम आउने कार्य नगर्नेमात्र होइन चरित्र र आचारणसमेत अनुसरण गरेको देखिएको छैन ।


बीपी कोइरालाले देशको विकास र जनताको अधिकारका लागि गरेको संघर्षको कथा लामो छ । अहिलेको पुस्तालाई त्यस्तो अवस्था पनि थियो र भन्ने लाग्न सक्छ । तर, जस्तोसुकै अवस्थामा पनि हार नमानी उनले जारी राखेको संघर्षकै कारण मुलुकले राणा शासनबाट मुक्ति पाएर नया“ युगमा प्रवेश ग¥यो । १९७१ भदौ २४ गते जन्मिएका कोइराला वि.सं. २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
जननेता कोइराला राजनीतिमा जति चर्चित छन्, उनको उत्तिकै योगदान नेपाली साहित्यमा पनि छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीनघुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ले नेपाली साहित्यलाई गर्विलो बनाएका छन् । वरिष्ठ अधिवक्ता स्व.गणेशराज शर्मास“गको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण त गरेको छ नै नया“ पुस्तालाई इतिहास बुझ्न पनि सहज बनाइदिएको छ ।


जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे भने उनकै कार्यकालमा बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने ऐतिहासिक भूमिसुधार कार्यक्रम पनि सुरु भए । विसं २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीहरूलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए र भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।


नागरिक स्वतन्त्रता, विकास, राष्ट्रियता तथा साहित्यका क्षेत्रमा उनले गरेको नेतृत्व र योगदान नेपालका लागि कालान्तरसम्मका लागि उपयोगी रहनेछ । तर, कहिलेकाही“ नेपाली कांग्रेसले नै बीपी कोइरालाको पदचाप बिर्सिंदा पार्टी संगठनमा मात्रै होइन, अहिलेको लोकतन्त्रमा नै समस्या देखिने गरेका छन् । जब कांग्रेसले बीपीको बाटो दह्रोगरी पछ्याउ“छ, तब जस्तोसुकै समस्या पनि समाधान हुन्छ । यो इतिहासले प्रमाणित गरिसकेको विषय हो ।
कांग्रेस अहिले सत्ताको मुख्य घटक हो भने संसद्को सबैभन्दा ठूलो पार्टी हो । यसकारण पनि देश र जनताका लागि कांग्रेसको भूमिका र दायित्व बढी नै छ । बीपीले प्रतिवादन गरेको प्रजातान्त्रिक समाजवादलाई अनुसरण गरी अन्य कैयौं मुलुकले तीव्र आर्थिक विकास गरेका छन् । नेपाल भने अझै यो गर्ने कि त्यो गर्ने भनेर अलमलमा छ । संविधानमा समाजवाद उल्लेख गरे पनि त्यो समाजवाद कस्तो हुने भन्नेमा दलहरू नै विभाजित छन् । जबसम्म बीपीको विचारमा आधारित नागरिक र समाजलाई केन्द्रमा राखेर सामाजिक लोकतन्त्रको अभ्यास गरि“दैन, तबसम्म मुलुकले आर्थिक विकासमा फड्को मार्न सक्दैन । नेपाली कांग्रेसले मात्रै होइन, वर्तमान सरकार र सम्पूर्ण दलहरूले आजको दिनमा बीपीलाई सम्झिएर यो प्रण गर्नु जरुरी छ ।