देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ए.आई.




स्मार्टफोनमा गुगलम्याप, गुगल असिस्टेन्टजस्ता सफ्टवेयरको प्रयोग, एप्पलको सिरि दिनानुदिन हामीले प्रयोग गर्ने ए.आई.हो । केही समय अगाडिसम्म हामी स्वचालित मेसिनको उपभोगमा अभ्यस्त थियौ । अहिले हामी स्वचालित मेसिनभन्दा अगाडि पुगेर ए.आई.को उपयोग गर्न थालेका छौ । मानिसले बनाएका उपकरणले मानिसले जस्तै बुद्धिमत्ता देखाउन सक्ने गरी काम गरिरहनु नै ए.आई. हो । मानिसले जस्तै मेसिनले पनि सोच्न सकेपछि मेसिन मानिसको सहयोगी हुने नै भयो । विशेषतः कम्प्युटर प्रविधिको विकास सँगसँगै ए.आई.को प्रार्दुभाव भएको हो । डाटाबेसको याद गर्ने काम मानिसले भन्दा बढी ए.आई. उपकरणले गर्न सक्छ । ए.आई. उपकरणमा मेसिन लर्निङ प्रबिधिले मेसिन आफैंंले मानिसले जस्तै आफंैले सिकेर आफैंलाई अध्यावधिक गर्दछ ।


मानिसले जसरी आफ्नो अनुभवबाट सिकेर निखार ल्याउँदछ त्यसैगरी ए.आई.ले पनि काम गर्ने क्षमतामा यसमा लोड गरिएको प्रोग्रामको माध्यमवाट निखार लेराउँदछ । पहिलो पटक १९५५ मा जोन मेकार्थीले ए.आई.को परिकल्पना गरेका थिए । आज हामी विभिन्न सिनेमाहरूमा ए.आर्ई. प्रयोग गरेका मानिसजस्तै देखिने मेसिनको प्रयोग भएको हेर्न पाउँदछौं । आज हामी सबै कहीँ कतै जानिनजानी ए.आई. प्रयोग गरिरहेकै छौं । आजभोलि हामी मोबाइलमा बोलेर नै कामहरू अह्राउन थालेका छौं ।
अहिले फोनमा प्रयोग हुने सिरिले तपाईको स्वर पहिचान गरेर काम गरिरहेको हुन्छ । आईप्याड, एलेक्सा, विन्डोजको फोर्टाना , स्मार्टफोनको गुगल असिन्टेन्ट आदि मेसिन लर्निङबाट काम गर्ने ए.आई. प्रविधि हुन् । गुगल म्यापले हामीलाई गन्तव्यमा पु¥याइरहेको हुन्छ त्यो पनि ए.आई. प्रविधिकै देन हो । आजभोलि बजारमा आएका गाडीहरू ड्राइभरबिना नै गुड्न थालिसकेका छन । अचेल उद्योगहरूमा पनि ए.आई.को माध्यमबाट काम हुन थालिसकेका छन् । स्वास्थ्य क्षेत्रमा यसको प्रयोग व्यापक हुँदै गएको छ । सूक्ष्म स्तरको कामहरू गर्न ए.आई. अति उपयोगी सावित हुदै गएको छ । ए.आई. मेसिन भएकै कारण मानिसलाई जस्तो आराम र मनोरञ्जन आवश्यक पर्दैन भने लामो समयसम्म निरन्तर काम गर्न सक्छ । मरुभूमिमा खेती गर्न ए.आई. मानिसभन्दा उपयोगी हुन्छ । जटिलता केमा मात्र हो भने मेसिन आफैंले निर्णय लिँदै गर्दा मानिसको नियन्त्रणमा रहन आवश्यक छ ।
नेपालजस्तो देशमा पनि ए.आई. प्रविधि विस्तारै फैलिँदै गएको छ भने यसको उपयोगको कानुन निर्माण गर्न ढिला भइसकेको छ । सरकारले ए.आई.को सही उपयोग गर्न सिकाउन र कानुन निर्माणमा ढिलाइ गर्नु हुँदैन ।
भट्टराई ब्रोडकाष्टिक एसोसियसन अफ नेपाल (बान) का अध्यक्ष तथा पूर्वीय दर्शनका अध्ययता पनि हुन् ।