देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शान्तीश्री र योगेशले तीजमा नयाँ गीत ल्याउँदै

देशान्तर


काठमाडौं । चर्चित गायिका शान्तीश्री परियार र गायक तथा संगीतकार योगेशकाजीले तीजको अवसरमा नयाँ गीत सार्वजनिक गर्ने भएका छन् ।
शुक्रबार एसएमएस स्टुडियोमा रेकर्डिङ भएको उक्त गीत नायक पल शाहको युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माता वीरेन्द्र्र शाहीले जानकारी दिएका छन् ।


प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रचना योगेशकाजीकै संगीत तथा संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो केही दिनमै तयार गरिने भएको छ । गीतमा पल शाहको अभिनय रहने निर्माण टिमले जानकारी दिएको छ । गीत असाध्यै मीठो बनेको र गीत गाउँदा आफू स्टुडियोमै नाचेको गायिका परियारले बताएकी छन् ।