देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गणेश प्रसाईंको ‘अजम्बरी’ मा आकाश र गरिमा

देशान्तर


काठमाडौं । एनआरएनए आयरल्यान्डका पूर्वअध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहारस्वरूप आफ्नी श्रीमती देवी शिवाकोटीलाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् । ‘अजम्बरी’नाम दिइएको उक्त गीतमा गायक तुलसी शिवाकोटी र देवी शिवाकोटी प्रसाईंको स्वर रहेको छ ।

नवराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाई प्रहिल कार्कीको निर्देशन गरेका हुन् । केही दिनअघि नेपाल आएको बेला उनले अहिलेका चर्चित मोडेलहरू आकाश श्रेष्ठ र गरिमा शर्मा राखेर भिडियोको छायांकन गरेका थिए । गीतको भिडियोमा एउटा विवाहित जोडीले २५ वर्षे वैवाहिक जीवनसम्म आइपुग्न माया प्रेमको लागि गरिएको त्यागलाई देखाइएको छ ।
बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेल्बासेको सम्पादन रहेको ‘अजम्बरी’ गीतको भिडियोलाई गायक तुलसी शिवाकोटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।