देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एलिनाको तीज गीत गम्किदे मादलु

देशान्तर


काठमाडौं । गायिका एलिना चौहानको स्वर रहेको यस वर्षको पहिलो तीज गीत गम्किदे मादलु बोलको गीत सार्वजनिक भएको छ । गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । गीतको संगीत सरोज कोइरालाले गरेका हुन् भने संगीत संयोजन पुष्कर खत्रीले गरेका हुन् ।
रिपोटर्स क्लब अमेरिकाको प्रस्तुति रहेको गीतको मिक्सिङ कृष्ण पुनले गरेका हुन् । गीतको आवाज रेकर्डिङ अस्ट्रेलियामा रहेको नेपमेलो स्टुडियोमा गरिएको हो भने बाँकी काम नेपालमा रहेको म्युजिक बैंकमा गरिएको हो । रेकडिस्ट समीर आचार्य र विजय मगर हुन् ।
गीतको भिडियो छायांकन अमेरिकामा गरिएको हो । राजीव आचार्य र मनोज धितालले खिचेको भिडियोलाई राजु बस्नेतले सम्पादन गरेका हुन् । भिडियोलाई किशन रेग्मीले निर्देशन गरेका हुन् । भिडियो रिपोटर्स क्लब अमेरिकाको युट्युुब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोमा कामना खरेल, सृष्टि शर्मा उप्रेती, लक्ष्मी ढुंगाना, सञ्जु घिमिरे संग्रौला, रीना कार्की र भूमिका ओझालगायतका अमेरिकामा रहेका नेपाली चेलीहरूको अभिनय छ । कोरियोग्राफी आशा ओझाले गरेकी हुन् । गीतकार अधिकारीले यसअघि पनि तीजको मौलिकपन बोकेको गीतहरू निकाल्दै आएका छन् ।