देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । 

सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् ।

साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए ।  नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन् । उनी काठमाडौं ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । उनले स्वास्थ्य मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म कतैपनि माला र खादा नलगाउने घोषणा गरेका छन् ।