अमेरिकाका पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी र्यालीमा गोली प्रहार भएको छ ।
गोली प्रहारपछि सुरक्षाकर्मीले घेरिएको स्टेजबाट ट्रम्पलाई बाहिर निकाल्दा उनको दाहिने कानको वरिपरि रगत देखिएको थियो । उनी खतरामुक्त रहेको बताइएको छ । तर, यस घटनामा एक जनाको मृत्यु भएको छ । अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसैको चुनावी र्यालीलाई सम्बोधन गर्न ट्रम्प पेन्सिलभेनियाको बटलर पुगेका थिए ।
उता, अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो देशमा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । उनले ट्रम्पमाथि गोली प्रहार भएपछि यस्ता प्रकारका घटनाविरुद्ध सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।
पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन् । एक वक्तव्य जारी गर्दै उनले लोकतन्त्रमा कुनै पनि राजनीतिक हिंसालाई स्थान नभएको बताएका छन् ।
प्रतिक्रिया