देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस-एमालेको मिलन अध्यारो कोठामा भयो- प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको मिलन अध्यारो कोठामा भएको बताएका छन् । 

प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रचण्डले कांग्रेस-एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउदै अध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो भन्ने स्पष्ट भएको बताएका हुन् । उनले साच्चैको राष्ट्रिय सहमति गर्न अँध्यारो कोठा नचाहिने बताउदै आफुले सुशासनका काम गर्न थालेपछि दुई ठुला दल मिलेको दाबि गरे । 

उनले भने- ‘पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ? कसको घरमा गएर सहमति गर्नुभएको छ ? तपाईंहरु राष्ट्रिय सहमतिका लागि र राष्ट्रिय आवश्यकताका लागि मिल्नुभएको होइन । कसैले तपाईंहरुलाई मिलाइदिएको छ ।’

उनले पहिलो र दोस्रो दल मिलेर दुनियाँमा लोकतन्त्र कमजोर मात्र बनाएको र निरंकुशतालाई नै प्रवर्धन गरेको दाबि गरे ।