देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेखर–गगनको लाइनमा नवगठबन्धन

देशान्तर


काठमाडौं । पछिल्ला दुईवटा आम निर्वाचनमा कुनै पनि दलले बहुमत नल्याउँदा शासन सत्तामा साना दलहरूको रजगजले मुलुकमा अस्थिरता बढ्दै गएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दलले बहुमत नल्याउने र अस्थिरता मौलाउँदै जाने भन्दै बारम्बार निर्वाचन प्रणाली संशोधनको आवाज उठाइरहेका बेला मुलुकका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले अन्नतः निर्वाचन प्रणाली फेर्न सहमत भएका छन् र उनीहरूको सहमतिअनुसार नै मुलुक अब अगाडि बढ्ने भएको छ ।
सबै वर्ग, समुदाय, जात र क्षेत्रको समानुपातिक सहभागिता र प्रतिनिधित्वका लागि मिश्रित प्रणाली उपयुक्त हुने भन्दै संविधानमा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको थियो । तर, समानुपातिकका नाममा, आरक्षित वर्गको नाममा हुने खानेले नै हालीमुहाली गरिरहेको भन्दै पहिलेदेखि नै समानुपातिक व्यवस्थाको आलोचना भएको थियो । तर, कुनै पनि दल र नेपालले यसबारेमा मुख खोल्न सकेका थिएनन् ।


अन्य दल र नेताहरू लक्षित वर्ग र समुदायबाट आलोचना खेप्नुपर्ने डरले मौन बसे पनि कांग्रेस नेताहरू कोइराला र थापाले पछिल्लो आम निर्वाचनको परिणाम आएलगत्तै निर्वाचन प्रणाली संशोधनका लागि लबिङ गरिरहेका थिए ।
अन्ततः शासन सत्तामा साना दलहरू निणार्यक बन्ने र त्यसले थप अस्थिरता निम्त्याउने क्रम बढ्दै ठूला दल यसमा सहमत भएका हुन् । कांग्रेस महामन्त्री थापाले निर्वाचन प्रणाली फेर्ने प्रस्ताव महासमिति बैठकमै पेस गरेका थिए, जसलाई महासमितिले पनि पारित गरिसकेको छ । कांग्रेसको अब बस्ने केन्द्रीय समिति बैठकले यसलाई अन्तिम रूप दिएपछि कांग्रेसले निर्वाचन प्रणालीबारे आफ्नो धारणा स्पष्ट रूपमा सार्वजनिक गर्नेछ । चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव पनि कांग्रेस महामन्त्री थापाले नै अघि सारेका थिए । यही प्रस्तावलाई देखाउँदै गत फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन तोडेका थिए । कांग्रेस र एमाले दुवै दल चुनावअघिको गठबन्धन नगर्नेमा पनि सहमत भएका छन् । अघिल्लो चुनावमा एमालेसँग र पछिल्लो चुनावमा कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले भने पछिल्लो चुनावपछि मात्रै तीन पटक गठबन्धन फेरेको छ ।