देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिफारिस ८ राजदूतको के होला ?

देशान्तर


काठमाडौं । आफू भारत भ्रमण जाने तय भएकै बेला एक दिन पनि नकुरेर भारत लगायतका देशहरूका राजदूत फिर्ता बोलाउने अदूरदर्शी निर्णय गरेर गल्ती भएकै हो भनेर स्वीकारसमेत गरेका वर्तमान अल्पमतका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको त्यो निर्णय कूटनीतिक वृत्तमा अहिले अन्योलग्रस्त र आलोचित बनेको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले जेठ २४ मा भारत र अमेरिका लगायत ११ मुलुकका राजदूतलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने निर्णय गरेको थियो भने असार ७मा विभिन्न ८ मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको थियो ।
कांग्रेस र एमालेलाई खेलाएर पाँचैवर्ष प्रधानमन्त्री बन्नेमा ढुक्क बनेका प्रचण्डले बिना सोचीविचारी अनेक निर्णय गर्दै आएका थिए । उनले तत्कालीन गठबन्धनमा रहेकालाई भागबन्डा अनुसार भागलिँदै र दिँदै गरेका थिए । जसअनुसार एमाले, माओवादी, रास्वपा, फुटेको जसपा सहितलाई भागबन्डा गरेर राजदूत नियुक्तिको लागि सिफारिस गरिएको थियो ।


सिफारिस गरिएका मध्ये एमालेका कोटाका दक्षिण कोरियाकालागि सिफारिस सुबोध प्याकुरेलले पद अस्वीकार गरेपछि अन्य राजदूतहरूको नियुक्तिकालागि सुनुवाइ प्रक्रिया समेत अन्योल रहेकाबेला प्रचण्ड नेतृत्वको सरकार नै ढल्ने निश्चित भएपछि बाँकी देशको राजदूत नियुक्ति अब लगभग सिफारिसमै मात्र सीमित हुने भएकोछ । अबनयाँ समीकरणले माओवादीको कोटाबाट चीन र श्रीलंकातथा नेकपा एसबाट अस्ट्रेलिया र रुसकालागि नियुक्त गरिएका राजदूतलाई फिर्ता बोलाउने देखिएको छ । कांग्रेसको सिफारिसमा नयाँ राजदूतहरू सिफारिस गर्न सक्नेछ ।


दाहाल नेतृत्वको सरकारले एमालेका ५, जसपाका दुई र माओवादीका तर्फबाट एक राजदूत सिफारिस गरेको थियो । भारतकालागि पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी, अमेरिकाकालागि पूर्व सचिव चन्द्र घिमिरे, दक्षिण कोरियाकालागि मानवअधिकारवादी सुशील प्याकुरेल, डेनमार्ककालागि सुम्निमा तुलाधर, मलेसियाकालागि नेत्र प्रसाद तिमिल्सिना, बेलायतकालागि बिजन पन्त, साउदी अरबकालागि अबुसु फ्यानखान मुसलमान र स्पेनकालागि पुष्पराज राजकर्णिकारलाई राजदूतमा सिफारिस गरेको थियो ।


प्रधानमन्त्री दाहालले राजदूतफिर्ता र नयाँसिफारिस गर्दा दुवै पटक सम्बन्धित परराष्ट्र मन्त्रालयलाई नसोधी मनपर्दी गरेका थिए । भागबन्डा अनुसार दुई राजदूतको कोटा पाएको रास्वपाले विज्ञापन गरेर राजदूतमाग गरे पनि अब उस्को च्याप्टर क्लोज भएको छ ।प्रधानमन्त्री दाहालले माओवादी कोटाबाट नियुक्त गरेका चीनकालागि विष्णुपुकार श्रेष्ठर श्रीलंकाका लागि राजदूत वासुदेव मिश्रको पनि जागिर चैट हुने देखिएको छ । त्यस्तै, नेकपा एसबाट रुसमा मिलन तुलाधर र अस्ट्रेलियामा कैलाश पोखरेल पनि टिकट काट्ने तयारीमा रहेको बुझिएको छ ।