देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार

देशान्तर

काठमाडौं । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । महाधिवेशनमा केन्द्रीय कमिटी घोषणालगत्तै नेपाल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
कांग्रेससँगको सहमतिपछि एमालेले सरकार छाडेसँग प्रचण्ड सरकार अल्पमतमा परेको छ । नेकपा एसले प्रधानमन्त्रीको पक्षमा उभिने भन्दै आफूहरू सरकारबाट नहट्ने प्रष्टीकरण दिइसकेको छ ।
यसैबीच नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताए । अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको भन्दै नेपालले यसले केन्द्रमा मात्र नभई प्रदेशमा पनि प्रभाव पार्ने बताए ।
नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल, परामर्श गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले पुरानो सरकार कहिले बिदा हुने र नयाँ सरकारले कहिले आकार लिने भन्ने कुरा यत्तिकै भन्न नसकिने जिकिर गरे ।