काठमाडौं । रामेछापको मन्थली नगरपालिकाले समग्र नगरभित्रका सम्भावित गन्तव्यहरूलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकारवालासँग छलफल गरेको छ ।
नगरपालिकाले नगरको पर्यटन प्रवर्द्धनका लागि बृहत् योजना बनाएर अघि बढ्नका लागि काठमाडौंमा सरोकारवालासहित बृहत् अन्तकिृया आयोजना गरेको हो । हिजो पर्यटन बोर्डमा आयोजित अन्र्तकृयामा कार्यक्रममा तीनै तहका सरकारसहित निजी क्षेत्रका व्यवसायी र सरोकारवाला समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा समग्र नगरको पर्यटन पवर्द्धनबारे छलफल भएको नगरप्रमुख लब श्रेष्ठले जानकारी दिएका छन् ।
नगरपालिकाले पर्यटन सम्बद्ध सबै निकाय र सरोकारवालालाई एकै ठाउँमा राखेर आयोजना गरेको नै पहिलो कार्यक्रम हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, बागमती प्रदेशको पर्यटन मन्त्रालय, बागमती प्रदेशसभाको उद्योग तथा पर्यटन समिति, नागरिक उड्डययन प्राधिकरण, पर्यटन विभाग, पर्यटन बोर्डसहित निजी क्षेत्रका पर्यटन सम्बद्ध संगठनहरूको समेत सहभागिता थियो ।
प्रतिक्रिया