देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादनमा ऋषिराजको महत्त्वाकाङ्क्षी चलचित्र  “द्रौपदी “

देशान्तर

  काठमाडौँ । डोल्पामा छांयाङकन गरिएको महत्त्वाकाङ्क्षी चलचित्र “द्रौपदी “को धमाधम सम्पादन  भइरहेको  छ । चलचित्र अहिले दुई सेडुयुलमा सम्पादन भइरहेको  र यस पछि डबिङमा जाने निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका छन् । चलचित्र “द्रौपदी “अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण गरिएको बुझिएको छ । यसको स्क्रिप्ट करिब ४ वर्ष लगाएर लेखिएको हो । चलचित्रमा आश्विनी शाही , रबी ओड ,  कविराज भाम ,  जेएलसन अधिकारी , सुजाता तिमल्सिना , विष्णु ठडराई ( सुवास ) , प्रकाश ज्ञवाली , सुरज अधिकारी सीता बौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा रबी ओडको सङ्गीत रहेको छ ।  निर्माण व्यवस्थापन विमला भुसाल रहेको यस चलचित्रमा , मोहन कुमार झिल्लुको छायाङ्कन रहेको छ । निर्देशक  आचार्य सहित   विष्णु ठडराई (सुवास ) , प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह निर्माता रहेको चलचित्रमा कथा, पटकथा, संवाद तथा गीत पनि निर्देशक आचार्यकै रहेको छ  ।

अहिले अर्ग्यानिक कथावस्तुका चलचित्रको बजार बढिरहेको समयमा “द्रौपदी “ले बजार तताउन सक्ने आङ्कलन गरिएको छ । चलचित्रको कथा उत्कृष्ट भएको लोकेसन कल्पना भन्दा माथिको सुन्दरताले भरिपूर्ण भर्जिन स्थलहरू रहेको निर्देशक आचार्यको दाबी छ । यसै चलचित्रबाट  चलचित्र नै पढेका जेएलसन अधिकारी आस्विनी शाही , सुजाता तिमल्सिना जस्ता प्रतिभावान कलाकारहरूले डेब्यु गरेका छन्  । चलचित्र विशेष बनेको सम्पादन गरिरहेका सम्पादक अनिल कुमार महर्जनले बताएका छन् । चलचित्रको प्रदर्शन मिति भने केही समय पछि तय गर्ने निर्माण टिमले जानकारी दिएको छ ।