देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डको सरकार औपचारिकरुपमा अल्पमतमा

एमालेबाट बनेका मन्त्रीले दिए राजीनामा

देशान्तर

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने एमालेबाट मन्त्री बनेकाहरूले राजीनामा बुझाएका छन् ।

राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने भन्दै एमालेले समर्थन फिर्ता लएको हो । ‘वर्तमान सरकारलाई नेकपा (एमाले) को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ,’ एमालेको पत्रमा भनिएको छ ।

एमालेका मन्त्रीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीले समर्थन फिर्ता लिएको पत्रसहित राजीनामा बुझाएका हुन् । एमालेका तर्फबाट सरकारमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्री छन् ।