देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेले समर्थन फिर्ता लिने -मन्त्रीहरुको राजीनामा दिदै

देशान्तर

काठमाडौं । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो ।

तर राजीनामा गर्न दिइएको समय सकिंदा पनि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय नलिएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार केहीबेरमै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी छ ।
यससँगै एमालेका मन्त्रीहरुको राजीनामा समेत दिइने बताइएको छ ।