देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस–एमाले गठबन्धनलाई लोसपाले पनि साथ दिने

देशान्तर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेको हो ।

विपक्षी गठबन्धनमा रहेका लोसपा, जसपा नेपाल, राप्रपालगायत दलले हिजोको बैठकमा कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने प्रतिबद्धता जनाएको कुरा अध्यक्ष महन्त ठाकुरले बैठकलाई जानकारी गराएका थिए ।
‘माओवादीले कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन बनाएपछि सो गठबन्धनमा रहेका लोसपा र जसपा नेपालले कांग्रेससँग मिलेर विपक्षी गठबन्धन बनाएका थिए ।