देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमका कार्यक्रम नासा फाउन्डेसनले संयोजन गर्‍यो

देशान्तर

काठामाडौं । बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रचारात्मक ¥याली सम्पन्न भएको छ । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा भएको सो र्यालीको व्यवस्थापन नासा फाउन्डेसनले गरेको थियो । 

¥यालीका सहभागीहरूले बागमती प्रदेशका विभिन्न जिल्लामा भएका पर्यटकीय गन्तव्य तथा धार्मिक स्थलहरूको अध्ययन र यो क्षेत्रमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ तथा स्पोर्ट्स टुरिजम मार्फत गर्न सकिने आवश्यक कार्यको बारेमा विवरण सङ्कलन गर्नुका साथै विभिन्न स्थानमा प्रवर्द्धनात्मक कार्यक्रम समेत आयोजना गरेका थियो ।

यही असार ३ गते ललितपुरको सात दोबाटो स्थित खेलकुद परिसरबाट  सुरु भएको  आठ दिने र्याली पहिलो दिन नगरकोट, दोलालघाट, सुकुटेबिच, मुढे हुँदै कालिन्चोक नजिक कुरी बजार पुगेको थियो भने उक्त र्यालीका सहभागीहरूले विभिन्न अध्ययन, छलफल तथा प्रवर्द्धनात्मक कार्यक्रम गरेका थिए । सो अवसरमा सहभागीहरूले नगरकोटमा होटेल व्यवसायीसँग छलफल गरे भने दोलालघाट, सुकुटेबिच, मुढे आदि स्थानमा भएका विभिन्न पर्यटकीय स्थलको बारेमा विवरण सङ्कलन गर्नुका साथै यी स्थानहरूमा गाडीको खेल अटो क्रसको परीक्षण–खेल समेत आयोजना गरेका थिए । त्यसै गरी सहभागी टोलीले सुकुटेबिचमा बिच भलिबलको साङ्केतिक प्रतियोगिता समेत गरेका थिए ।

र्यालीको दोस्रो दिन दोलखाको कालिन्चोकमा पुगेर कालिन्चोक केबुलकार र कालिन्चोक भगवती मन्दिरको बारेमा आवश्यक अध्ययन साथै  कालिन्चोक दर्शन लिमिटेडका स्टेसन म्यानेजर तिलक दुलाल र कालिन्चोक भगवती मन्दिर क्षेत्रका स्थानीय सँग विभिन्न जानकारी लिएका थिए । कुरी लगायतका स्थानहरूमा पुग्न उपयुक्त सवारी साधनहरूको प्रयोग र अध्ययनका साथै यी स्थानहरूमा स्नो स्किइङ मार्फत खेल पर्यटनको ठुलो सम्भावना रहेको टोलीले औल्याईएको छ । 

चरिकोटका सांस्कृतिक अभियन्ता शान्त कृष्ण श्रेष्ठ र अन्य विभिन्न व्यक्तिसँग दोलखा जिल्लाका पर्यटकीय स्थलको बारेमा जानकारी लिँदै दोलखाको सदरमुकामबाट तामाकोशी हुँदै किर्नेटार, खिम्ती लगायतका विभिन्न मनोरम स्थलको अध्ययन, अवलोकन गर्दै रामेछापको सदरमुकाम मन्थलीमा ट्राफिक प्रहरी र अन्य निकायसँग बागमती भ्रमण वर्षको बारेमा सञ्चालन गरिएको विभिन्न गतिविधि बारेमा जानकारी आदान प्रदान गरेका थिए ।

टोलीले सिन्धुली गढी र मकवानपुर गढीका बारेमा आवश्यक विवरण सङ्कलन साथै हेटौँडाको मनकामना मन्दिर लगायत धार्मिक तथा ऐतिहासिक स्थलमा गाडी, मोटरसाइकल तथा साइक्लिङका गतिविधि गरी पर्यटकीय गन्तव्यहरूको सम्भावनाबारे अध्ययन गरेको थियो ।

कुलेखानी, मार्खु र चित्लाङ लगायतका पर्यटकीय स्थलका साथै चितवनको सौराहामा अवस्थित हात्ती पालन सम्बन्धी आवश्यक जानकारी लिनुका साथै नारायणी नदी किनारामा चलिरहेको पावर बोट सम्बन्धमा आयुष्मा मोटर बोट कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीसँग आवश्यक जानकारी लिएको थियो । 

त्यसै गरी त्रिशूली नदीमा चल्ने ¥याफ्टिङको बारेमा रिभर साइड रिसोर्टका सञ्चालकहरूसँग आवश्यक जानकारी सङ्कलन , नुवाकोट दरबार, देवीघाट र बेत्रावती सन्धि स्थल बारेमा आवश्यक विवरण सङ्कलन गरी प्रवर्द्धनात्मक कार्यक्रम गर्दै नुवाकोट दरबार र यसको सेरोफेरोको बारेमा स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, नुवाकोटका प्रमुख सुनिल पाण्डेसँग विवरण सङ्कलन गरेको टोलीले त्यहाँ हाईकिङ्ग सम्भावनाबारे पनि सोधखोज गरेको थियो । यस्तै काठमाडौँ उपत्यकामा रहेका विभिन्न धार्मिक र पर्यटकीय स्थलको बारेमा समेत विवरण सङ्कलन गरी ड्राइभ टुरिजम अन्तरगत विभिन्न स्थानमा र्याली आयोजना गरिएको थियो । 

सहभागीहरूले सङ्कलन गरेको प्रचार प्रसार सामाग्री, भिडियो आदि सामग्री तथा ड्राफ्ट मन्त्रालयमा पेस गरिएको छ । यसबाट बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रचार प्रसार गरिने, ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत प्रदेशको दिगो पर्यटनका लागि आधारशिला तयार पार्ने र बागमती प्रदेशका ठूला सहर वाट ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत पुग्न सकिने विभिन्न गन्तव्यहरूलाई सार्वजनिक गर्ने कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको ¥यालीका संयोजक सन्तोष न्यौपानेले बताएका छन् ।