देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका १० वटा भातृ संस्थाहरूको म्याद थप

देशान्तर

काठमाडौं। नेपाली कांग्रेसले १० वटा भातृ संस्थाहरूको म्याद थप गरेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित १० वटा भातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय गरेको हो।
कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति अनुसार नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघ रहेका छन् । ती भातृ संस्थाहरुको म्याद १५ असारमा सकिएको थियो ।

साथै निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न कांग्रेसले निर्देशन दिएको छ ।