देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेले सरकारलाई दिएको समर्थन केहिवेरमा फिर्ता लिने

देशान्तर

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन केहिवेरमा फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने भएको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री प्रक्रियामा जान चाहे आजै समर्थन फिर्ता लिने र एमालेका मन्त्रीहरु फिर्ता हुने बताए । उनले केहिबेरमा समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय हुने बताएका छन् ।