देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

७ बुँदामा जे सहमति भएको छ त्यो भन्दा बढी कुरा पनि बाहिर आएको छ : विश्वप्रकाश शर्मा

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने वा विश्वासको मत लिन सक्ने अवस्था रहेको बताएका छन् । बुधवार पार्टी बैठकमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुरा गर्दै शर्माले साँझसम्म एमालेले सरकालाई दिएको समर्थन फिर्ता लिने बताए ।


उनले संविधान सशोधनको कुरा आए पनि संशोधन गर्न चुनौती रहेको बताए । ७ बुँदामा जे सहमति भएको छ त्यो भन्दा बढी कुरा पनि बाहिर आएको उनले बताए । उनले गृहमन्त्रीले चाहेमा साँझसम्म वा विश्वासको मत लिने भए एक महिनासम्म अझै भ्रष्टाचारका फाइल खोल्न कसैले रोक्न नसक्ने बताए । शर्माले कांग्रेस एमाले गठबन्धनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताए ।


उनले गृहमन्त्रीलाई भने, ‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ । अहिले पनि गृहमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ । नदिए एक महिना हुनुहुन्छ । कुनै पनि फाइलहरूमा कुर्नै आग्रह पूर्वाग्रह, कसैको बारेमा राख्नुहुन्न । भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको छ ।’ उनले गिरीबन्धुसहित सबै भ्रष्टाचारको फाइल सरकारले खोल्ने जिकिर गरे।