देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोपा फुटबल

कोलम्बिया र ब्राजिल क्वाटरफाइनलमा

देशान्तर

काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिल दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधवार विहान भएको खेलमा कोलम्बियासँग एक एक गोलको बराबरी खेल्दै ब्राजिल दोस्रो स्थानमा रहेर क्वाटरफाइनल प्रवेश गरेको हो । कोलम्बिया भने शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ ।

क्यालिफोर्नियामा भएको खेलमा ब्राजिलले राफिन्हाको गोलमार्फत १२ औं मिनेटमा अग्रता लिएको थियो । तर, पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा कोलम्बियाका डेनियल मुनोजले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । सोही बराबरी अन्तिमसम्म कायम रहँदा दुवै टिम क्वाटरफाइनलमा पुग्न सफल भयो ।

कोलम्बियाले ३ खेलबाट ७ अंक बनाउँदा ब्राजिलले समान खेलबाट ५ अंक बनायो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै तालिकामा ४ अंक बनाएको कोष्टारिका र सबै खेलमा पराजित भएको पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएका छन् । बुधवारको खेलसँगै कोपाको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । अब क्वाटरफाइनलमा अर्जेन्टिना र इक्वेडर भिड्दा भेनेजुएला र क्यानडा खेल्ने छन् । यसैगरी कोलम्बिया र पानामा आमने सामने उरुग्वे र ब्राजिल भिड्ने छन् ।

कोष्टारिका कोपाको समूह चरणबाटै विदा

कोष्टारिका कोपा अमेरिका २०२४ को समूह चरणको अन्तिम खेलमा विजयी भएको छ । बुधवार विहान भएको खेलमा पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै कोष्टारिकाले तालिकामा ४ अंक बनाए पनि तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिर पुग्यो । कोष्टारिकाको जितमा फ्रान्सिस्को काल्भो र जोसिमर अल्कोसेरले एक एक गोल गर्दा पाराग्वेका रामोन सोसाले एक गोल फर्काए ।

टेक्ससमा भएको खेलमा कोष्टारिकाले तेस्रो मिनेटमै अग्रता लिएको थियो । काल्भोले जोसेफ मोराको कर्नर पासमा हेडर गोल गर्दै अग्रता दिलाएका थिए । 

सातौं मिनेटमा कोष्टारिकाले अग्रता दोब्बर बनायो । जेफरसन ब्रेनेसले बक्सबाहिरबाट दिएको पासमा जोसिमरले गोल गरेपछि सुरुमै २–० को अग्रता लियो ।

पहिलो हाफमा २ गोलको अग्रता लिएको कोष्टारिकाले दोस्रो हाफमा गोल थप्न नसके पनि १ गोल खान पुग्यो । 

५५ औं मिनेटमा पाराग्वेका माथियस विलसान्तीले दिएको पासमा रामोन सोसाले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । 

तर, त्यसपछि लगातार प्रयास गरे पनि पाराग्वले थप गोल गर्न नसक्दा कोस्टारिका विजी भए पनि अन्तिम ८ मा पुग्न पर्याप्त भएन ।