देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस–एमाले गठबन्धनलाई राप्रपा र लोसपाको स्वागत

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ ।
बैठकपश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले राप्रपा संविधानको संसोधनको पक्षमा रहेको बताए । उनले सरकारमा सहभागिताको विषय भने परिस्थितिअनुसार निर्णय हुने जानकारी दिए ।
त्यस्तै, पार्टी महामन्त्री कुन्ती शाहीले संविधान संशोधन गर्ने कांग्रेस–एमाले गठबन्धनको प्रस्ताव पार्टीले स्वागत गरेको जानकारी दिइन् । उनले सरकार गठनको प्रक्रिया प्रारम्भ नभइसकेकाले त्यसबारे छलफल नभएको बताइन् । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस–एमाले गठबन्धनलाई स्वागत गरेको छ । लोसपाका महामन्त्री डा. सुरेन्द्र झाले मधेस आन्दोेलनले उठाएर थाती बसेको संविधान संशोधनको मुद्दा लिएर गठबन्धन बनेका कारण लोसपाले यसलाई स्वागत गरेको बताए ।
उनले सानो पार्टी भएर पनि निरन्तर प्रधानमन्त्री पदमा बस्दा प्रचण्डले हैसियत भुलेर दम्भ देखाएका कारण पनि अहिलेको गठबन्धन आवश्यक भएको बताए । उनले ०७२ सालको भूकम्प र कोरोना महामारीले ल्याएको आर्थिक मन्दीबाट देशलाई निकास दिन पनि मुख्य दलबीच सहमतिको आवश्यकता देखिएको बताए । उनले लोसपा विगतदेखि नै कांग्रेससँगै रहेको भन्दै अब पनि वर्तमान गठबन्धनका विषयमा सकारात्मक रहेको बताए ।