देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छानबिन विशेष समितिले राजनीतिक दलहरूबाट सुझाव लिने

देशान्तर

काठमाडौं । सहकारी संस्थाबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरूबाट सुझाव लिने भएको छ ।

मंगलबार बसेको समितिको बैठकले सुझाव लिने निर्णय गरेको हो । बैठकले दलहरूबाट समस्या समाधानका लागि लिखित रूपमा सुझाव उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।
आजको बैठकले राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग पनि छलफल गरेको छ ।